काठमाडौं । बीबीसी वानमा प्रसारण भएको मास्टर सेफ प्रोफेसनल २०२० मा नेपाली सेफ सन्तोष साह शीर्ष तीनमा पुगेका छन् ।
बुधबार राति आमाले सानोमा आफूलाई खुवाउने गरेको खाजा पस्किएर उनी मास्टर सेफको शीर्ष तीनमा पुगेका हुन् ।
सन्तोष नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा उपस्थित थिए ।
उनले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिए । र पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारे ।
प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ ।