• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

महमा भविष्य खोज्दै कास्कीस्थित तोगी लम्तरीका युवा

  •  मेन समाचार संवाददाता
  • २ पुष २०७७, बिहीबार १२:०८ प्रकाशित
    Advertisement
    Advertisement
    तस्वीर: रासस

    कास्की । कास्कीको मादी गाउँपालिकाका–११ स्थित तोगी लम्तरीका विनोद खनाललाई पैसा कमाउन न विदेश जानुपर्यो, न त शहर नै झर्नुपर्यो । उहाँले परिवारलाई सघाउँदै घरमा नै बसेर वार्षिक पाँच लाख आम्दानी गर्छन् भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।

    समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा रहेको विकट बस्तीमा सुगमताको अनुभव गर्दै २३ वर्षीय उनले मह बिक्री गरेर वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन् । घर, आँगन र करेसाबारीको आसपासमा राखिएका ४० वटा मौरीका घारबाट उत्पादित महको मुख्य बजार पोखरालाई बनाउँदै आएको बताउने खनालले घरबाट प्रतिकिलो मह एक हजार र मागअनुसार सम्बन्धित स्थानमा पुर्याउँदा थप २५० यातायात खर्च लिने गरेका छन् ।

    “मौरीपालनका लागि कुनै पनि उमेरले छेक्दैन, खासै समय दिनु पनि पर्दैन सामान्य रेखदेख गरे पुग्छ”,उनले भने, “मौरीसँग खेल्न सक्ने हो भने पैसा कमाउन विदेश तथा शहरतर्पm भौँतारिनु पर्दैन ।” खरले छाएको घुमाउने घरमा परिवारसहित बस्नेमात्र नभई आधुनिक र परम्परागत गरी ११ वटा मौरीका घार चारैतर्पm झुन्डिएको देख्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्दछ ।

    व्यावसायिक मौरीपालनलाई उमेरले छेक्दैन । यसलाई दीर्घकालीन पेशा बनाउने लक्ष्यका साथ बुबा ऋषिराम खनालले विसं २०६७ देखि शुरु गर्नुभएको पेशालाई आफूले सहयोग गर्दै आएको बताउँदै उनले २० घार मौरी हुने हो भने कोही पनि भोको र नाङ्गो नहुने बताए।

    गोलासहितका घार बिक्रीबाट मनग्य आम्दानी

    स्थानीय मौरीपालन व्यवसायका अगुवा कृषकका रुपमा परिचित पितृराज लामिछानेले भने मह बिक्रीभन्दा गोलासहितको घार बिक्री गरेर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् ।

    कास्कीका पाँचवटै स्थानीय तह तथा गोरखा र स्याङ्जा जिल्लामा मौरीका घार बिक्री गर्दै आएको बताउँदै उनले लगभग वार्षिक ३०० भन्दा बढी घार बिक्री गरेर रु ३० लाख आम्दानी हुने गरेको जानकारी दिए । मागअनुसारको घार पुर्याउन नसक्दा छ महिनादेखि लाइनमा राख्नुपरेको उनको भनाइ छ ।

     

    टुनी जातको काठको घारमा गोलासहित ११ हजार, उत्तिसको घारको रु आठ हजार मूल्यमा बिक्री गर्दै आएका उनले त्यसमा ढुवानी खर्च थप लाग्ने गरेको बताए । घर आसपासमा अहिले ८० घार मौरी रहेका छन् । मह बिक्रीबाट पनि वार्षिक पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ ।

    एउटा घारबाट फुटाएर एक वर्षमा १० वटा घारसम्म मौरी बनाउने गरेका लामिछानेले कतिपय स्थानमा कृषकलाई मौरीका घार प्रदान गरे पनि प्रविधि र ज्ञानको अभावमा उनीहरूले उचित फाइदा लिन नसकेको बताए । कात्तिक, मङ्सिर र फागुन गोला वृद्धि गरी नयाँ घारमा राख्ने उचित महिना हुन् ।

    पोखराबाट मह खरिदकै लागि उक्त गाउँमा पुगेका विष्णुप्रसाद बाँस्तोला, विष्णुहरि न्यौपाने, धर्मेन्द्र सिं र सञ्चारकर्मी गिरिधारी शर्माले शुद्ध र ‘अर्गानिक’ मह पाइने भएकाले यहाँसम्म आएको बताए । उनीहरुको टोलीले कृषकको ढोकामै पुगेर २३ हजार मूल्य बराबरको मह खरिद गरेको थियो ।

    यस वर्ष अत्याधिक असिना र पानी परेको कारण मौरीलाई चरनसम्म पुग्न कठिनाइ हुनुका साथै फूल झरेकाले मह उत्पादनमा कमी आउँदा मागअनुसारको मह ग्राहकलाई पुर्याउन नसकेको कृषकको धारणा छ । घरमा आउने पाहुना हुन् वा आफूहरु बाहिर जाँदा गाउँको कोसेली मह बन्ने गरेको रीता खनाल बताउँछन् ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय सिक्लेसद्वारा ५० प्रतिशत अनुदानमा प्रत्येक घरलाई मौरीसहितको एक–एक घार वितरण गरेपछि यस क्षेत्रमा मौरीपालन व्यावसायिकतामा परिणत भएको उनको भनाइ छ ।

    विदेशबाट फर्केका युवा मौरीपालनमा

    तीन वर्ष साउदीमा बसेर गाउँ फर्केका अर्का युवा माधव खनालको घरमा अहिले २० घार मौरी पुगेका छन् ।उनले वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । “घर परिवारसँगै बसेर मौरीलाई बिहान बेलुकाको समयमा रेखदेख गरे पुग्दछ”, उनले भने “एक घारबाट वार्षिक १० किलोग्रामभन्दा बढी मह उत्पादन हुँदै आएको छ, ५० घार पुर्याएर वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ ।”

    मौरीपालनका साथै उनले विदेशी भूमिको सट्टा स्वदेशी माटोमा रगत र पसिना भिजाउने हो भने घरमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ मौरीसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गर्दै आएको जानकारी दिए ।

    पछिल्ला दिनमा उत्पादित मह बिक्री हुँदैन कि भन्नु नपर्ने बताउने कृषक महका पारखी खरिदका लागि घरमै आउने गरेको अनुभव सुनाउँछन् । पोखराबाट विजयपुर, कालिका, सौरे, भगवतीटार, बरालडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । गाउँसम्म कच्ची मोटर बाटो पुगेको छ । सेरेना जातको मौरीको भुनभुन आवाज पकेट क्षेत्रमा प्रदेश गर्ने बित्तिकै बाटो, घर, जङ्गल जताततै सुन्न पाइन्छ । जङ्गलका धोत्रा रुखमा मौरी देख्नै हुँदैन त्यस क्षेत्रका बासिन्दाले जसरी भए पनि छोपेर घरमा ल्याउने र आधुनिक घारमा राख्ने प्रचलन छ ।

    व्यावसायिक मौरीपालनबाट मनग्य आम्दानी त हुन्छ नै तर त्यसमा असिनापानीको बढी प्रकोपका साथै मलछाप्प्रो, अरिङ्गाल, चिभेचरो, कमिलालगायतका प्राकृतिक, जङ्गली जनावर, चराचुरुङ्गीले नोक्सान गर्ने गरेको छ । यहाँको तोगी गाउँमा ३८ घर छन् । दुई घरबाहेक ३६ घरमा धेरै थोरै मौरीका घार सबैकोमा रहेका छन् । मह र मौरीसहितको घार बिक्री गरेर वार्षिक एक करोड गाउँमा भित्रिने गरेको मौरी पकेट क्षेत्र सञ्चालक समितिका सचिव गणेश खनालले जानकारी दिए ।

    गण्डकी प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि ज्ञान केन्द्रमार्पmत दुई वर्ष अघिदेखि यस गाउँलाई मह पकेट क्षेत्र घोषणा गरेर मौरी घार विस्तारलाई तीव्रता दिइँदै आएको छ । सरकारले अहिलेसम्म रु १६ लाख व्यावसायिक मौरीपालनका लागि सो क्षेत्रमा लगानी गरिसकेको छ । सरकारबाट कृषकलाई घार वितरण, आवश्यक तालीम, अत्याधुनिक प्रविधिमा समेत सहयोग पुगेको खनालको भनाइ छ । मौरी चरनका लागि उपयुक्त सो स्थानलाई मौरी पकेट क्षेत्र घोषणा गरेसँगै कृषकलाई गाउँपालिकाबाट प्रतिघारमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिए ।

    गाउँपालिकाले गत आव २०७६÷०७७ मा सोही स्थानबाट रु दुई लाख मूल्य बराबरका ३६ वटा मौरीसहितका घार खरिद गरी पालिकाका विभिन्न वडाका कृषकलाई वितरण गरेको थियो । साझेदारी कार्यक्रमअनुसार कृषकको पनि सोही बराबरको रकम लगानी गर्ने व्यवस्था गरिएको छ । गाउँपालिकाले कृषिमा उत्पादन वृद्धिका लागि यस आवमा पनि रु ४० लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय
    म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै
    पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    • २.
      विद्यालयमा आगलागी, एक करोडको क्षति

    • ३.
      मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    • ४.
      पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

    • ५.
      कैलालीमा युवक मृत फेला, हत्याको आशंका

    • ६.
      झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

    • ७.
      १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षीय बेहुला पक्राउ

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ६.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.