एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टिनमा बस्ने तयारी गरेका छन् । कोभिड–१९ संक्रमितसँग सम्पर्क भएपछि आफुलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा क्वारेन्टिन बस्न लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
‘विदेशमन्त्री पोम्पेओ कोही कोभिड–१९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उहाँ क्वारेन्टिनमा बस्नुहुनेछ र ती संक्रमित ब्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारको कारण खुलाइएको छैन’, बुधबार अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
पोम्पेओको तत्काल गरिएको परीक्षणमा रिपोर्ट भने नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टिनमा बस्नुपर्ने भएकोले उनि क्वारेन्टिनमा बस्नुुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
क्वारेन्टिन अवधीभर पोम्पेओ चिकित्सकको निगरानीमा रहनेछन् । रासस/सिन्ह्वा