• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव छ : प्रचण्ड

  •  मेन समाचार संवाददाता
  • २ माघ २०७९, सोमबार २२:३३ प्रकाशित
    Advertisement
    Advertisement

    २ माघ २०७९, सोमबार। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव भएको बताएका छन् ।

    सोमबार निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको लागि गैरआवासीय नेपालीको भूमिका प्रशंशायोग्य रहेको बताएका हुन् । उनले एनआरएनए देश विकासको सहयात्री भएको समेत उल्लेख गरे ।

    ‘देशको विकास र समृद्धिमा विदेशमा बस्ने नेपालीको भूमिका मह्त्वपूर्ण छ। यो मैले राम्रोसँग बुझिसकेको छु, एनआरएनएसँग सहकार्य सहकार्य गर्नसक्यो भनेमात्र देशमा समृद्धि सम्भव छ,’ उनले भने, ‘एनआरएनएले उठाउँदै आएका मागमा मेरो विशेष ध्यानआकर्षण भएको छ ।’

    देशको अर्थतन्त्र जोगाउन विदेशमा बस्ने नेपालीहरूले पुर्‍याएको योगदानको चर्चा गर्दै उनले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    गैरआवासीय नेपालीले उठाएको माग र मुद्दामा आफू पहिलेदेखि नै जानकार रहेको उनले बताए। गैरआवासीय नेपालीका मागका विषयमा आफूले सदनदेखि राज्यका सबै निकायमा सकारात्मक भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

    ‘म एनआरएनएसँग धेरै घुलमिल भएर काम गरिरहेको छु। गैरआवासीय नेपालीको मुद्दामा लगातार वकालत गर्ने ‘इमेज’ बनाएको छु जस्तो मलाई लागेको छ,’ उनले भने ।

    यस्तै, उनले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई छिट्टै सम्बोधन गर्ने प्रतिबद्धता जनाए । विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेर काम गर्ने योजना रहेको उनले सुनाए ।

    प्रवासी नेपालीले विदेशबाटै भोट हाल्नपाउनुपर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै भविष्यमा यो व्यवस्था लागू गर्न सरकारले पहल गर्ने प्रतिवद्धता उनले गरे ।

    ‘तपाईँहरुको जस्तै संसारभरि रहेका नेपालीले मताधिकार प्रयोग गर्न सकून् भन्ने चाहना मेरो पनि छ। विदेशमा बस्नेलाई पनि यहाँका नेपालीसरह व्यवहार हुन्छ,’ उनले भने।

    यस्तै, उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानीको लागि उपयुक्त वातारण सिर्जना गरिने बताए । लगानीमा सुरक्षाको पूर्ण ग्यारेण्टी गरिने बताउँदै गैरआवासीय नेपालीका लागि लगानीको कुनै सीमा नतोक्ने बताए ।

    ‘विदेशीलाई जस्तो होइन । गैरआवासीय नेपालीलाई पनि नेपालका नेपालीसरह नीति नियम बनाइन्छ । गैरआवासीय नेपालीलाई नेपालमा लगानी ल्याउन लगाइएका ‘ब्यारियर’ भत्काउन चाहान्छु ।’

    उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा गैरआवासीय नेपालीका मुद्दामा नजिक भएर काम गरेको उल्लेख गर्दै केही सम्बोधन पनि गरेको बताए। यसपटक अझ बढी काम गरेर गैरआवासीय नेपालीको विश्वास जित्ने योजना उनको छ ।

    ‘मैले अझ धेरै गैरआवासीय नेपालीका मुद्दामा काम गर्नुपर्नेछ। आउनुस् मिलेर काम गरौं,उनले भने, ‘यसपालि म तपाईँहरुको विश्वास जित्न सक्छु ।’

    केही समयअघिको आफ्नो जापान भम्रणको प्रसंग निकाल्दै उनले अहिले विदेशमा बस्ने नेपालीको जीवनस्तर पहिलाकोभन्दा फरक पाएको समेत बताए। विदेशमा बस्ने नेपालीहरुले दक्षता हासिल गरेको र सक्षम भएको उनको भनाइ छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल
    एनआरएनए आईसीसी सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त
    गैरआवासीय नेपालीहरुलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      टर्की र सिरियामा भुकम्पवाट ज्यान गुमाउने ३ हजार ८ सय नाघे

    • २.
      आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी

    • ३.
      आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने

    • ४.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ५.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • ६.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ७.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.