काठमाडौँ । नेपालमा सक्रिय संक्रमित ३ दशमलव ८१ प्रतिशत मात्रै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमितको संरख्या ९ हजार ५ सय ८० रहेको मन्त्रालयले जनाकारी दिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बिहीबार देशभरि थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
विवरणअनुसार ९४७ जना एकैदिन निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको कुल संख्या १ हजार ७४९ पुगेको छ ।