• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

महाेत्तरीमा जनकपुर करिडाेरकाे स्वामित्व ग्रहण कार्याशाला

  •  मेन समाचार संवाददाता
  • ५ माघ २०७९, बिहीबार १३:४० प्रकाशित
    Advertisement
    Advertisement

    ४ माघ २०७९, बुधबार । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना जनकपुर करिडोरले परियोजना अवधिभर गरेका कार्यहरूको स्वामित्व ग्रहण कार्याशालालाई तिव्रता दिएको छ । परियोजना सम्झौता अवधि एक बर्ष बाँकी रहदै आयाेजनाले मधेश प्रदेशका सात जिल्ला र बागमती प्रदेशको एक जिल्लामा स्वामित्व ग्रहण कार्याशालालाई तीव्रता दिएको हो ।

    विशेषगरी वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञानको लागि स्थानीय कृषि सहकारीहरूसँग समन्वय गरी परियोजना संचालन गर्दै आएको समृद्धि नामक आयोजनाले प्रशिक्षणका कार्यक्रम संचालन गर्दै आएको छ ।

    मधेश प्रदेशमा पर्सा बाहेक सात जिल्ला र बागमती प्रदेशको सिन्धुलीमा परियोजना सन्चालन गरिएको करिडोर संयोजक मोती गिरीले जानकारी दिए । सन् २०१५ मा सम्झौता भएर २०१७ बाट सन्चालनमा आएको परियोजना उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको संयोजकत्वमा रहेकाे छ ।

    प्रदेश-१ को लागि ८ जिल्ला, मधेश प्रदेशमा ७ जिल्ला, बागमती प्रदेशकाे १ जिल्ला गरि आयोजनाले १६ जिल्लामा आयोजना कार्यान्वयन गर्दै आएको छ ।

    आयोजनाको प्रमुख साझेदारमा नेपाल उधोग वाणिज्य माहासंघअन्तर्गत रहेका कृषि उद्यम केन्द्र, हेल्भाटस स्विस इन्टर को-अपरेसन नेपाल, अन्तराष्ट्रिय आप्रवासन संस्था छन् ।

    गरिबी न्यूनिकरण तथा देशमा दिगो शान्ति हासिलका लागि रोजगारीका अवसर सिर्जना गर्दै समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने मुख्य लक्ष्य बाेकेको आयोजनाले सोहीअनुसार काम गर्दै आएको छ ।

    बुधबार महोत्तरीको बर्दिवासमा सम्पन्न गोष्ठीमा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले परियोजनाले गरेका कार्यप्रति खुसी ब्यक्त गरे ।

    कृषि तथा गैरकृषि क्षेत्रमा उद्यम प्रवर्द्धनका लागि उत्पादन कलष्टरहरूको सबलिकरण गर्ने मुख्य क्रियाकलापअनुसार अहिले बर्दिवासको उत्तरी क्षेत्र खयरमाराका धेरै युवा आत्मनिर्भर बनेका छन् ।

    बर्दिवास नगरपालिकाका एक हजार ६ जनालाई वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिममा सहभागी गराएर सिपयुक्त जनशक्ति उत्पादन गरेको परियोजनाले नगरप्रमुख क्षेत्रीलाई परियोजना अवधिभरको प्रतिवेदन समेत बुझाएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बिमानस्थलमा उडान नहुँदा होटलमा लाग्यो ताला
    पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी
    अध्यक्ष र उपाध्यक्षको विवादबीच अदानचुलीले पायो नयाँ हाकिम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      यस्तो छ आजको विनिमयदर, डलर, यूरो, पाउण्डको भाउ बढयाे

    • २.
      नागरिक उन्मुक्ति लचिलो भए पछि सुपका मुख्यमन्त्रीले विश्वासको मत लिदैँ

    • ३.
      चरनमा छाडिएको हल गोरु खुट्टा काटिएको अवस्थामा फेला

    • ४.
      टर्की र सिरियामा भुकम्पवाट ज्यान गुमाउने ३ हजार ८ सय नाघे

    • ५.
      आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी

    • ६.
      आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने

    • ७.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.