• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाह भत्ता

  •  मेन समाचार संवाददाता
  • ३ पुष २०७७, शुक्रबार ०९:१५ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    बनेपा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन् ।

    ‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उनले ती काम छिट्टै कार्यान्वयनमा आउने बताए ।

    उनले महासङ्घको पहलमा पाँच करोड ३४ लाखको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरेको उल्लेख गर्दै त्यससँगै द्वन्द्व पीडित र अपाङ्गता भएकालाई मासिक १० हजारका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएअनुरुप त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताए ।

    आपत्कालीन अवस्थामा सहयोग गर्न एक करोडको कोष स्थापना गरेकामा त्यसका लागि अहिले ६० लाख जम्मा भइसकेको र बाँकी ४० लाख महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने उनले बताए ।

    पत्रकारिता पेशा गरेर अरु वैकल्पिक पेशा नभएका पत्रकारका लागि सहयोग गर्न केन्द्रले सबै जिल्लाबाट सिफारिसका लागि आग्रह गरेकामा अहिलेसम्ममा ६०० पत्रकारलाई सहयोग गरिसकेको उनले बताए ।

    कार्यक्रममा उनले समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चारगृहलाई सहयोग पुग्ने बताए ।

    त्यसका लागि आफूहरुको कार्यकालमा नै प्रयोगमा ल्याउन पहल भइरहेको अध्यक्ष आचार्यले बताए । समानुपातिक विज्ञापन मात्रै लागू भयो भने सबैका लागि राम्रो हुने भएकाले त्यसलाई छिटो कार्यान्वयनमा ल्याउन सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उनले बताए ।

    छिटो कार्यान्वयनका लागि सुझाव दिए पनि कर्मचारीतन्त्रबाट उचित सहयोग नभइरहेको भन्दै त्यसका लागि सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उनको भनाइ थियो ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नक्कली जन्मदर्ता बनाइदिने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण
    कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु
    हत्याको २० दिनपछि अपराधी सार्वजनिक
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो”

    • २.
      नक्कली जन्मदर्ता बनाइदिने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

    • ३.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • ४.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ५.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ६.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ७.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.