काठमाडौँ । सिंहदरबारस्थित पूर्वीगेटमा एकाबिहानै सवारी दुर्घटना भएको छ ।
शनिबार बिहानै हनुमानस्थानबाट अनामनगरतर्फ जाँदै गरेको बा १० च ७५७६ नम्बरको कारले पत्रिका बोकेर हिँडेको साइकललाई ठक्कर दिएको हो ।

तस्वीरः मेन समाचार
दुर्घटनास्थलका प्रहरीका अनुसार ठक्करपछि साइकल चालक उछिट्टिएर कारको सिसामा बजारिएका थिए । उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पठाइएको छ ।
कारमा एक जोडी युवक र युवती सवार थिए । उनिहरु दुबै रक्सिले मातिएको दुर्घटनास्थलमा खटिएको प्रहरी अधिकारी जानकारी दिएका छन् । युवतीले चलाएको कार अनियन्त्रित भएर साइकललाई ठक्कर दिएको थियो ।

तस्वीरः मेन समाचार
कारमा सवारी दुई जनालाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका साइकलब्वाई सँगै उनिहरुलाई पनि नर्भिक अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनिहरुको परिचय भने खुलेको छैन ।