१० माघ २०७९, मंगलबार । लगातार खराब नतिजा दिएपछि प्रशिक्षक फ्रान्क लाम्पार्डलाई इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले बर्खास्त गरेको छ ।
लाम्पार्डको गुडिसन पार्कमा एक वर्षभन्दा कम समयको बसाई रह्यो । गत शनिबार एभर्टनले वेष्टह्यामसँग २ – ० गोलको पराजय व्यहोरेपछि नै क्लबले लाम्पार्डको विकल्पको खोजी गरेको अन्तर्राष्ट्रिय मिडियाले लेखेका थिए ।
प्रिमियर लिगमा उनको नेतृत्वमा एभर्टनले १२ खेलमा ९ खेलमा पराजय व्यहोरेको छ । तालिकाको १९ औँ स्थानमा १५ अंकका साथ रहेको एभर्टन रेलिगेसन हुने सम्भावना पनि धेरै छ । ४४ वर्षीय लाम्पार्डले गत जनवरीमा रफायल बेनिटेजलाई प्रतिस्थापन गरेका थिए ।
उनलाई एभर्टनलाई रेलिगेसनबाट बचाउन क्लबले अनुबन्ध गरेको थियो । तर उनको नेतृत्वमा एर्भटन असफल सावित भएपछि पछिल्लो पाँच वर्षमा क्लबले छैटौँ प्रशिक्षकको खोजी गरेको हो ।
क्लबले नयाँ प्रशिक्षकको खोजी गरिसकेको बताएको छ । लिड्सका पूर्व तथा अनुभवी प्रशिक्षक मार्सेलो बियल्सासँग पनि छलफल भइरहेको बीबीसीले उल्लेख गरेको छ ।