• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

१७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद

  •  मेन समाचार संवाददाता
  • १० माघ २०७९, मंगलवार १३:१७ प्रकाशित
    Advertisement
    Advertisement

    १० माघ २०७९, मंगलबार । २०२५ सालबाट बसोबास गर्दै आएका १७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद बढेको छ । जितपुरसिमरा उपमहानगरपालिका– १८माथ्लो बडहर्वाका १७ परिवार विवादमा परेका हुन् । माथ्लो बडहर्वाका रामबहादुर कार्कीसहित का १७ परिवार २०२५ सालबाटै ऐलानी जमिन खनजोत गर्दै घरबास गर्दैआएका थिए । हाल आएर सोही पालिका वडा नं. १६ का स्वर्गीय सीताराम बराल र डम्बरकुमारी बरालका छोरा राजकुमार बरालले आफ्नो दाबबी गर्दै आएका हुन् ।

    उनले गाविस भोडहाकाे कित्ता नं. १८७, ८०, ७९ र १३५ को क्षेत्रफल क्रमश ०–१–१०, ०–९–०–५, ०–६–० र ०–१–१५ जमिन मेरो भन्दै दाबी गरेका हुन् । जबकी यी जमिनमा रामबहादुर कार्कीसहित पूर्णबहादुर खड्का, गीता भण्डारी, चेतकुमारी राना, विनीता गौतम, अमृता जर्गा लगायत १७ परिवार बसोबास गर्दै आएका छन् ।

    बरालले आफ्नो बाबु सीताराम बरालको नामबाट आमा डम्बरकुमारीका नाममा लगिएको दाबी गरे पनि उक्त जमिन नेपाल सरकारको ऐलानी भएको स्थानीयले बताए । ‘आफुहरू बस्दै आएको जमिनको कीर्ते कागजात बनाएर हामीलाई दुःख दिने काम भएको छ । तत्काल बदर हुनुपर्छ । भूमिसुधार तथा मालपोत कार्यालयमा निवेदन दिएका स्थानीय राम बहादुर कार्कीले भने, ‘मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा कीर्ते मोठ खडा भएको देखियो ।’

    पीडित पक्षबाट मालपोतमा जमिनको कीर्ते श्रेस्ता बदरका लागि निवेदन दिएकोमा माघ ४ गतेका लागि दुईपक्षलाई बोलाईएको थियो । उक्त दिन दुबै पक्ष सहभागी भए पनि मालपोतले पुन: १३ माघका लागि तारिख दिएको कार्कीले बताए ।

    जिल्ला प्रशासन कार्यालय बाराले पीडितका पक्षबाट श्रेस्ता बदरका लागि जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ले गरेको सिफारिस संलग्न राखी मालपोत बारालाई यस विषयमा छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत अनुश आर्चायले गत मंसिर २८ गते लेखेकाे पत्रको जवाफ प्रशासन कार्यालय बाराले अझै पाएको पाएको छैन ।

    घरबास भएको जमिन नै अर्काले मेरो भन्दै पूर्जा लिएर आएपछि यहाँका स्थानीय तनावमा देखिएका छन् । उनीहरूले मालपोतमा गई समस्या दर्ज गरेका थिए । मालपोत कार्यालय बारा कलैयाले जग्गाको वास्तविकता बुझ्ने प्रक्रिया अपनाउँदै जग्गा दाबीकर्ता बराललाई १५ दिनभित्र सम्पूर्ण प्रमाण लिई आउनु भनि पत्र पठाएको थियो । जुन पत्रको म्याद माघ ४ मा ग्रुजेको छ ।

    पत्रको जवाफमा जमिन दाबीकर्ता बरालले जमिन आफ्नै भएको दावी गर्दै बदरको निवेदनको तुक नभएको उल्टै पीडित भनिएकाहरूले आफ्नो जमिन खनजोत गर्दै आएको बताएका छन् । उनले २०३५ साल २ महिना १२ गतेको निर्णयबाट नेपाल सरकारको नामबाट खारेज भई आमा डम्बर कुमारीको नाममा आएको उल्लेख गरेका छन् ।

    यता पीडित पक्षले भने ऐलानी जमिनलाई कीर्ते गरी आफ्नो दाबी गर्ने काम भएको बताएका छन् । यति मात्रै नभई १३५ नं. कित्ता स्थानीय गोपाल सुहालको नम्बरी जमिन १ बिघा १५ कठ्ठा रहेकोलाई कीर्तेगरी १ कठ्ठा १५ धुरको दोहोरो पूर्जा बनाएर दाबी भइरहेको स्थानीय पूर्णबहादुर खड्काले बताए ।

    ‘एउटै क्षेत्रमा कसरी एउटै कित्ताका दुई फरक पूर्जा हुन्छ । यो हुनै नसक्ने विषय आयो । मालपोतको लापरबाहीका कारण नेपाल सरकारको जमिन भू-माफियाले आफ्नो बनाउन खोजे,’ उनले भने, ‘तर, कदापि हुन दिइनेछैन । २०३५ सालभन्दा अगाडिबाट हामीले घरबाससहित भोग गर्दै आएका हौं । यतिका दिनसम्म कसैले केही भनेको थिएन । अहिले आएर मेरो भन्नेको कुनै आधार छैन । उनका प्रमाण कीर्ते र नक्कली हुन् । हामीलाई दुःख दिने मात्रै काम भयो ।’

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रेस चौतारी स्थापना दिवसमा संस्थापक अध्यक्ष एबं पुर्वअध्यक्ष सम्मानित
    सन्दीप लामिछाने र क्यानलाई बहिष्कार गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
    पुर्व सेनापति कटुवाल मगलवार देखी आइसियुमा, स्वास्थ्य सुधारन्मोख
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • २.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ३.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ४.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • ५.
      Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?

    • ६.
      राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने

    • ७.
      एमालेको केन्द्रिय समिति बैठकको पहिलो अजेन्डा: निर्वाचन समिक्षा

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ५.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.