काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार जाने भएका छन् । पछिल्लो समय नेकपाभित्र अध्यादेशलाई लिएर चरम विवाद चर्किएपछि पार्टीका कार्यकारी अध्यक्षलाई भेट्न प्रधानमन्त्री खुमलटार जान लागेका हुन् ।
प्रधानमन्त्रीसँगै नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्बाङ पनि खुमलटार जान लागेका हुन् ।
भेटमा अध्यादेश र पार्टीभित्र देखिएको विवाद समाधानको लागि छलफल हुनेछ ।
प्रधानमन्त्री ओली खुमलटार जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।