• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

झगडा नगरेको भन्दै एक महिलाले मागिन् लोग्ने संग डिभोर्स !

  •  मेन समाचार संवाददाता
  • ४ पुष २०७७, शनिबार १४:२३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    श्रीमानले माया नगरेको, झैझगडा तथा कुटपिट गर्ने गरेको भन्दै महिलाहरुले सम्बन्ध विच्छेद गर्ने गरेको त देखेसुनेकै हो ।

    तर छिमेकी मुलुक भारतमा एकजना पुरुषले आफ्नी पत्नीलाई बढि माया गर्नु वा पत्नीसँग झगडा नगर्नु नै डिभोर्स मागिनुको कारक बनेको छ ।
    भारतको उत्तरप्रदेशस्थित सम्भाल जिल्लामा एकजना महिलाले बिहेको १८ महिनापछि पतिसँग डिभोर्स मागेकी छिन् । लोग्नेसँग डिभोर्स माग गर्दै एनी सम्भाल जिल्लाको शरिया अदालतमा निवेदन दिएकी हुन् । उनले शरिया

    अदालतमा दिएको निवेदनमा डिभोर्स गर्नुपर्नाको जुन कारण खुलाएकी छिन्, त्यसले सबैलाई आश्चर्यमा पार्यो । आफुसँग श्रीमानले झगडा नै नगरेको र अत्यधिक धेरै माया गरेको कारण देखाउँदै उनले सम्बन्ध विच्छेदको निवेदन पेश गरेकी थिइन् ।

    आफ्नो लोग्नेले आफुलाई गरेको अधिक प्रेम आफुले पचाउन नसकेको उनले निवेदनमा उल्लेख गरेकी छिन् । पछिल्लो १८ महिनामा लोग्नेसँग एकपटक पनि झगडा नहुँदा आफु निरास तथा दिक्क भएको पनि उनले बताएकी छिन् ।

    लोग्नेले आफुसँग झगडा नगर्ने मात्र होइन खाना पकाउने लगायतका घरेलु कामकाजमा समेत सघाउने गरेर दिक्क पारेको उनको भनाई छ ।

    शरिया अदालतमा दिएको निवेदनमा उनले भनेकी छिन्, ‘न त उहाँ मसँग कहिल्यै चर्को बोल्नुभयो, न त मलाई कुनै कुरामा कहिल्यै निरास पार्नुभयो । यस्तो वातावरणमा साँच्चीकै म उकुसमुकुस भएकी छु ।’

    आफूले गल्ती गर्दा समेत लोग्नेले सधैँ कुनै परवाह नगरेको र आफु उल्टै विवाद गर्न खोज्दा पनि नरिसाउने गरेको उनले बताएकी छिन् । आफ्ना हरेक कुरामा लोग्नेले सहमती जनाउने जिन्दगी आफुलाई मन नपरेको उनको

    जिकिर छ ।

    उनको दाबी सुनेसँगै शरिया अदालतका धर्मगुरु तिनछक परे र डिभोर्स माग्नुको कारण व्यर्थको रहेको भन्दै उनको निवेदन खारेज गरे । त्यसक्रममा ती महिलालाई उनले डिभोर्स

    माग्नुको अरु कुनै कारण पनि छ कि भनेर सोधियो । तर उनले अरु कुनै कारण नभएको बताएकी थिइन् ।

    शरिया अदालतले उनको डिभोर्सको निवेदन खारेज गरिदिएपछि उनको निवेदनका बारेमा स्थानीय पञ्चायतमा पनि छलफल भयो । पञ्चालतले पनि उनको दाबी खारेज गरिदियो ।

    पञ्चायतमा भएको छलफलमा उनका पतिले आफू पर्फेक्ट श्रीमान बन्न चाहेको र आफुले कुनैपनि गल्ती नगरेको बताए । त्यसअघि उनले पत्नीलाई डिभोर्सको निवेदन फिर्ता लिन आग्रह गर्दै शरिया कोर्टमा अपिल गरेका थिए । शरिया कोर्टले उनको अपिल समेतलाई आधार मान्दै पत्नीचाहीँको डिभोर्सको निवेदन खारेज गरेको थियो ।

    शरिया अदालतले आपसी मामिलालाई आपसमै मिलाउन समेत ती श्रीमान श्रीमतीलाई आदेश दिएको छ । एजेन्सीको सहयोगमा

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    उपभोक्ताका रोजाइमा जुम्लाको मार्सी चामल
    मनाइयो छैटौं राष्ट्रिय योग दिवस
    नियमित योग गर्ने बानी बसालौं
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • २.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ३.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • ४.
      वार्ता टोलीलाई विप्लवले भेटे, सभागृह जानुअघि आन्तरिक छलफल

    • ५.
      विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा

    • ६.
      काँग्रेस सरकारमा जान हुँदैनः प्रकाशमान सिंह

    • ७.
      विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरु

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.