• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

  •  मेन समाचार संवाददाता
  • ११ माघ २०७९, बुधबार १६:५२ प्रकाशित
    Advertisement

    ११ माघ २०७९, बुधबार । पारसबहादुर शाही पहिलो पटक तीन वर्षअघि अर्थात् २०७६ साल कात्तिक २२ गते डोल्पाको फोक्सुण्डो स्वास्थ्य चौकीमा पुगेका थिए । उनी पुग्दा दुई कोठे तापिरिचा माध्यमिक विद्यालय भवनको एउटा कोठामा सञ्चालनमा रहेको थियो, स्वास्थ्य चौकी ।

    सहर बजारको ठूला स्वास्थ्य संस्था देखेका शाही विद्यालयको एक कोठामा सञ्चालनमा रहेका स्वास्थ्य चौकी देख्दा छक्क परेका थिए । त्यहाँ शाही पुग्दा स्वास्थ्य चौकीमा कार्यरत पासाङ रोकाय सानो घरको भान्सा कोठामा काम गर्दै थिइन् । पारस पनि सोही कोठामा रोकायसँग गएको सुनाए । कोठामा एउटा कुर्सीमा बसेकी रोकायलाई पारसले फोक्सुण्डो स्वास्थ्य चौकीको इन्चार्ज भएर आएको खबर सुनाएपछि कुर्सीमा बस्न आग्रह गरेकी थिइन् । कुर्सीमा पारस नबसी टेबुलमै बसेको उनी बताउँछन् । रोकायले पारसलाई स्वास्थ्य संस्थाको विजोग अवस्थाबारे जानकारी गराइन् ।

    रोकायले सुरुमै आवश्यक औषधि, कर्मचारी बस्ने कुर्सी र खाना बस्नको अभावसहिको समस्याको लामो कथा सुनाइन् । उनले कर्मचारीले आफू आएको वा नआएको जानकारी दिने हाजिरी किताबसम्म स्वास्थ्य संस्थामा नभएकोसमेत पारसलाई जानकारी गराइन् ।

    यसपछि पारस वडाध्यक्ष निमा लामाको घरमा पुगे । तर, घरमा वडाध्यक्षलाई भेट्नन् । वडा अध्यक्ष लामा रहेको फोक्सुण्डो ताल नजिकै रहेको हिमालय होटलमा पुगेर पारसले आफूहरुलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह गरे ।

    अध्यक्ष लामाले बजेट नभएको भन्दै समस्या रहेको सुनाएपछि शाहीले प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीलाई फोन गरेर समस्या समाधान गर्न आग्रह गरेको बताउँछन् ।

    अधिकारीले ताल नजिकै रहेको रिग्मो गाउँबाट स्वास्थ्य सेवा दिने गरी हिमालय होटलको दुई कोठा गाउँपालिकाले भाडा तिर्ने गरी व्यवस्थापन गर्ने बताए । तर, भाडाको एक कोठामा भान्सा र अर्कोमा स्वास्थ्य कसरी चलोस्, पारसको मनले मानेन ।

    स्वास्थ्य चौकी तीन घण्टाको दूरीमा रहेको र सबैको पाएक पर्ने ठाउँमा रहेकोले रिग्मो गाउँमा पारसको मनले बस्न मानेन । चार घण्टा टाढाको दूरीमा रहेको ठाउँमा निकै मिहेनत गरेर नयाँ भवनमा निर्माण भएको, तर निर्माण व्यसासायीसँग आग्रह गर्दा पनि हस्तान्तरण गर्न नमानेपछि कार्यकारीसँग समन्वय गरेर ३ वैशाख २०७७ मा नयाँ भवनमा सनर्ने काम गरेको उनले सुनाए । नयाँ भवनमा सारेपछि मात्र काम वातावरण निर्माण भएको पारसले जानकारी दिए ।

    कान्छीमाया तामाङ फाउन्डेसनमार्फत् उपकरण र आर्थिक सहयोगमा काम सुरु गर्ने वातावरण समेत तयार भयो । ग्रामीण ठाउँमा काम गर्न सकिने अल्ट्रासाउन्ड स्वास्थ्य चौकीमा लिएर उनले आफ्नो जिम्मेवारी वहनलाई अघि बढाए । बिरामीलाई भर्ना गरेर निशुल्क सेवा दिन मिल्ने गरी पाँच शय्या स्थापना गरियो । स्वास्थ्य चौकीमा बत्ती नभएका कारण आफ्नो ब्यक्तिगत खर्च गरी वैकल्पिक ऊर्जामा करिब ३ किलोवाट सौर्य विद्युत उपलब्ध गराइदिन निवेदन दिएको शाहीले पीडा सुनाए । अहिले वैकल्पिक ऊर्जाले केही महिनामा सौर्य बत्ती हस्तान्तरण गर्ने जानकारी गरायो ।

    यसरी जनताको स्वास्थ्य सेवामा उनी खटिरहे । उनी करिब तीन वर्षको फोक्सुण्डो स्वास्थ्य चौकीमा रहँदा शे–फोक्सुण्डो गाउँपालिकाको–८ र ९ पूर्ण खोप वडा घोषणा भइसकेको छ । उपल्लो डोल्पाका तीन स्थानीय तहमध्ये फोक्सुण्डो स्वास्थ्य चौकीले मात्रै पुर्ण खोप वडा घोषणा गर्न सफल भएको छ । फोक्सुण्डो स्वास्थ्य चौकीले कोभिड भ्याक्सिन पनि पहिलो, दोस्रो र बुस्टर डोज शतप्रतिशत लगाउने स्वास्थ्य संस्थामा पर्छ । विगत तीन वर्षदेखि स्वास्थ्य चौकीले वर्थिङ सेवा दिँदै आएको छ । साल अड्किएर समस्यामा परेकी पुग्मो र बच्चा जन्माउन नसकेकी रिग्मो गाउँबाट १ जनालाई आवश्यक सहजीकरण गरी निःशुल्क दुईजना सुत्केरी महिलाको हवाइ उद्धार गरेको छ।

    आर्थिक वर्ष २०७८÷७९ मा फोक्सुण्डो स्वास्थ्य चौकीले स्वास्थ्य चौकीअन्तर्गत न्यूनतम सेवा मापदण्डमा ६८ प्रतिशत अंकसहित अपर डोल्पाको तीनवटा स्थानीय तहमध्ये फोक्सुण्डो स्वास्थ्य संस्था पहिलो स्वास्थ्य संस्था बन्न सफल भएको छ । स्वास्थ्य चौकीले दिने न्युनतम सेवा मापदण्डअनुसार सेवा दिने अब्बल स्वास्थ्य संस्थाभित्र पर्न सफल भएको छ।

    स्थानीय बासिन्दा र तापिरिचा माध्यामिक विद्यालय परिवार, अन्य सेवाग्राही स्वास्थ्य संस्थाले दिने सेवाप्रति सन्तुष्ट रहेको र स्वास्थ्य चौकी प्रमुख पारसबहादुर शाही आएपछि स्वास्थ चौकीले पुनर्जीवन पाएको सर्वसाधारणले बताउने गर्छन् । उक्त स्वास्थ्य संस्थाबाट दैनिक तापिरिचा माध्यमिक विद्यालय र वडा न ८ र ९ का बासिन्दा र फोक्सुण्डो ताल घुम्न आउने पर्यटकहरु लगायत ३० जना बिरामीहरुले सेवा लिने गर्छन् ।

    चिसो समयमा भने बस्ती तातो ठाउँमा सर्ने भएकाले करिब ३ महिना खोप कार्यक्रमबाहेक ओपिडिसेवा लिनेहरु छिटफुट मात्रै आउने गर्छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सरकार र मिटरब्याजीपीडित आज पुन: वार्तामा बस्ने
    एसईई सुरू भएकोको १५ मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा
    एसईई परीक्षा आजबाट, ५ लाख परीक्षार्थी सहभागी
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • २.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ३.
      इलाम कारागारबाट थुनुवा फरार

    • ४.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ५.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ६.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ७.
      माल्टा पठाउने नाममा ठगी

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.