• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

मानिसमा कसरी विकास भयो हाँस्ने कला ? के अरु जनावर पनि हाँस्दछन् ?

  •  मेन समाचार संवाददाता
  • ४ पुष २०७७, शनिबार १५:०१ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    आफ्नो मनपर्ने घरपालुवा जनावरसँग हामी एक अलग्गै खालको भावनात्मक सम्बन्ध कायम गर्दछौँ । घरमा पालेको कुकुर सँग कुराकानी गर्दछौँ, सुगासँग भलाकुसारी गर्छौँ अनि मनका कुरा खोल्छौँ पनि ।

    आखिर जनावरसँग कुराकानी गर्नु तथा मनका कुरा गर्नुको कुनै अर्थ छैन भन्ने हामीलाई थाहा हुन्छ । तर पनि किन हो कुन्नि आफ्नो प्यारो साथी जनावरहरुले मेरो भावना बुझ्दछ भन्ने विश्वास हामीलाई हुन्छ । तर वास्तविक रुपमा जनावरहरुले के र कति बुझ्न सक्दछन् त ?
    उदाहरणका लागि हामीलाई यति त थाहै छ कि जनावरहरुले आनन्दको महसुस गर्न सक्दछन् । तर के जनावरले हाँसोठट्टा पनि बुझ्न सक्दछ त ? के जनावरले चुट्किला भनेको पनि बुझ्दछ त अनि रमाइलो कुरा सुनेर वा दृश्य देखेर खित्का छाडेर हाँस्न सक्दछ त ?

    हामी किन हाँस्छौँ ?

    के कुकुर, बिरालो वा अन्य जनावर पनि मानिस हाँसेजस्तै गरी हाँस्न सक्छन् ? आखिर मानिसमा हाँस्ने कला के कारणले गर्दा विकसित भयो ? यो एक रहस्यको रुपमा रहेको छ । पृथ्वीमा रहेका हरेक मानिस, चाहे जुनसुकै भाषा किन नबोलुन् सबै हाँस्न जानेका छन् र हाँस्ने शैली पनि प्रायः एकै खालको हुन्छ । हामी अवचेत नै पनि हाँस्छौँ । हाम्रो भित्री मनबाटै हाँसोको सिर्जना हुन्छ । र, यसका लागि कुनै विशेष खालको प्रयासको आवश्यकता पर्दैन ।

    वास्तवमा हाँसो एउटा संक्रामक चिज हो । जसरी संक्रामक रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ, त्यसैगरी एकजना मानिस हाँस्दाखेरी अर्को मानिस पनि मुस्कुराउन थाल्दछ । यो एक सामाजिक चरित्र हो ।

    मान्छे जन्मेपछि बोल्न सिक्नुअघि नै हाँस्न सिकेको हुन्छ । वास्तवमा हाँसोले दुई वा दुईभन्दा धेरै मानिसहरुको बीच सम्बन्धको आधार तयार हुन्छ ।

    हाँसो सम्बन्धी एक सिद्धान्त अनुसार मानिसमा हाँसोको सुरुवात अचानक भैरहेको कुनै घटनाका बारेमा चेतावनी दिनका लागि भएको थियो, जस्तै अकस्मात बाघ आएको । भलै हामीलाई आफू किन हाँस्छौँ भन्ने कुरा थाहा छैन, तर पनि हाँसिरहेकै हुन्छौँ । तर के जनावर पनि हाँस्दछन् त ? यदि हाँस्दैनन् भने कि ?

    जनावरहरु मध्ये मानव प्रजातिसँग नजिकको सम्बन्ध भएका प्रजातिहरु चिम्पान्जी, गोरिल्ला, बोनोबो तथा ओरांगउटान हुन् । यी जनावरहरु पनि दौडने(समाउने खेलमा खुसे हुँदा वा काउकुती लगाउँदा हास्ने गर्दछन् । उनीहरुले हाँसोजस्तै आवाज निकालेर आफ्नो खुसी व्यक्त गर्दछन् । रोचक त के भने चिम्पान्जी जस्तै मानिससँग नजिकको सम्बन्ध रहेका बाँदर प्रजातिहरुको आवाज चाहीँ मानिसको हाँसो हस्तै हुन्छ ।

    ओरांगउटानले काउकुति वा कुनै उत्तेजनाका बखत मानिस हाँसेजस्तै निकै प्रफुल्लित आवाज निकाल्दछ । यसबाट पनि पुष्टि हुन्छ कि हामी बोल्नुभन्दा अघि नै हास्ने क्षमताको विकास भएको हो ।

    सांकेतिक भाषाको प्रयोग गर्ने पोथी गोरिल्ला कोकोले एकपटक आफूलाई चिडियाखानामा स्याहारसुसार गर्ने मान्छेको जुत्ताको फित्ता एक आपसमा बाँधिदिएको थियो र अब मलाई पक्रेर देखाउ त ? भन्ने भावमा जिस्काएको थियो । यसबाट के देखिन्छ भने गोरिल्लासँग ठट्टा मजाक गर्ने क्षमता पनि हुन्छ ।

    चराहरु हाँस्छन् ?

    आवाज नक्कल गर्नसक्ने मैना तथा सुगाजस्ता चराहरुले मानिसको हाँसोको समेत नक्कल गर्ने गरेको पाइन्छ । सुगाहरुले अन्य जनावरलाई चिढाउनका लागि समेत अनेक खालका आवाज निकाल्ने गर्दछन् । घरमा पालिएको सुगाले घरकै कुकुरलाई दिक्क पार्नका लागि सिठी बजाउने जस्ता आवाज निकाल्ने गरेको समेत सुनिन्छ, जुन उसले केवल आफ्नो मनोरञ्जनका लागि गर्दछ ।

    त्यस्तै काग तथा सोही परिवारका अनय चराहरुले भोजन पत्ता लगाउनका लागि विभिन्न खालका तरिकाहरु ऋपनाउने गरेको पाइन्छ । यहाँसम्म कि कागले सिकारी मांशाहारी जनावरको पुच्छरसमेत तानिदिने गर्दछ ।

    सिकारी जनावरको ध्यान भड्काएर उक्त सिकार चोर्नका लागि कागले त्यसो गर्ने गर्दछ । तर कहिलेकाहीँ कागले खानेकुरा नभएको अवस्थामा समेत अन्य जनावरको पुच्छर तानिदिने गरेको देखिन्छ । यसो गर्नुको कारणचाहिँ केवल मनोरञ्जनका लागि मात्रै हो । यसबाट के पुष्टि हुन्छ कि कतिपय पंक्षीहरुमा समेत सेन्स अफ ह्यूमर हुन्छ । अर्थात् चराहरु समेत हाँस्दछन् भलै मान्छेले त्यो देख्न सक्दैन ।

    जनावरको मजाक 

    केही अन्य जिवजन्तुहरु हाँसोको लागि चिनिन्छन्, जस्तै मुसा । शरीरको संवेदनशील अंग जस्तै घाँटीमा चलाउँदा वा समाउँदा मुसाले चीँ चीँ आवाज निकाल्दछ । खेल्दाखेल्दै डल्फिनले पनि केही आवाज निकाल्दछ । यसबाट डल्फिनले संकेत दिएको हुन्छ कि उसको आसपासमा रहेका चिजहरुबाट कुनै खतरा छैन ।

    मस्तीमा रहँदा हात्तीले समेत आवाज निकाल्दछ । तर ती जनावरका व्यवहार मानिसको हाँसोजस्तै हो कि विशेष परिस्थितिमा अन्य जनावरहरुकै जस्तो आवाज निकालेका हुन् भन्ने कुरा पत्ता लगाउन भने असम्भव नै हुन्छ ।

    घरपालुवा जनावर

    घरका पाल्तु जनावरहरु के मानिससँग हाँस्न सक्दछन् ? वैज्ञानिकहरुका अनुसार कुकुरमा एक प्रकारको हाँसोको क्षमता विकसित भएको छ । आफैमा खुसी तथा मस्त रहेको बेला कुकुरले जिब्रो बाहिर निकालेर जोड जोडसँग स्वाँ स्वाँ गर्दछ र विशेष खालको आवाज निकाल्दछ । यो आवाज कुकुरले सामान्य गर्मीको अवस्थामा जिब्रो निकालेर स्वाँ स्वाँ गर्नेभन्दा फरक हुन्छ ।

    त्यस्तै बिरालोले पनि खुसी भएको बेला विभिन्न खाले गतिविधि गर्दछ र ठट्टायुक्त व्यवहार देखाउँदै मानिसको ध्यान तान्ने प्रयास गर्दछ । एजेन्सी

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    उपभोक्ताका रोजाइमा जुम्लाको मार्सी चामल
    मनाइयो छैटौं राष्ट्रिय योग दिवस
    नियमित योग गर्ने बानी बसालौं
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.