• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

चीनमा भयो एसियाकै महँगो डिभोर्स !

  •  मेन समाचार संवाददाता
  • ४ पुष २०७७, शनिबार १५:०६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सामान्यतया वैवाहिक जीवनमा दरार आउनु अर्थात् डिभोर्स हुनु सुखद घटना पक्कै होइन । तर आधुनिक जीवनयापन तथा सामाजिक सम्बन्ध तथा मान्यतामा आइरहेको परिवर्तनसँगै दुनियाँमा दम्पतीहरुबीच पारापाचुकेका घटना बढिरहेका छन् ।

    धेरै डिभोर्सहरु सम्बन्धित लोग्ने स्वास्नी र परिवारको जानकारीमा सिमित हुन्छन् । तर केही डिभोर्सहरु यस्ता हुन्छन् जसले दुनियाँभर चर्चा कमाउनुका साथै इतिहासको पानामा समेत दर्ज हुन्छन् ।
    चीनमा एउटा यस्तै डिभोर्स भएको छ, जहाँ लोग्ने सँगको डिभोर्सपछि एक महिला अर्वपति बनेकी छिन् ।

    भ्याक्सिन उत्पादन गर्ने चिनियाँ कम्पनी शेन्झेन कंगटाइ बायोलोजिकल प्रोडक्ट्सका अध्यक्ष डु वाइमिन र उनकी पत्नी युआन लिपिंगबीचको डिभोर्सलाई एसियाकै महँगो डिभोर्स मानिएको छ ।

    डिभोर्ससँगै अर्वपति डुले अंशको रुपमा आफ्नी पूर्वपत्नीलाई कम्पनीको १६ करोड १३ लाख कित्ता शेयर नामसारी गरिदिए । त्यो सँगै युआन लिपिंग डलर अर्बपति बनिन् र विश्वका अर्बपतिहरुको सूचीमा आफ्नो नाम लेखाउन सफल भइन् ।

    डिभोर्सपछि उनलाई प्राप्त शेयरको मूल्य गत सोमबार ३ अर्ब २० करोड डलर रहेको थियो ।

    नयाँ अर्वपति युआनले डिभोर्सपछि अंशको रुपमा प्राप्त गरेको अर्बौँको शेयरको स्वामित्व आफ्नो भए पनि शेयर बापत कम्पनीमा प्राप्त हुने मताधिकार भने आफ्ना भूपुपति डुलाई नै प्रत्यायोजन गरेकी छिन् ।

    युआनसँग क्यानेडाली नागरिकता पनि छ । उनी सन् २०११ देखि २०१८ सम्म उक्त कम्पनीको निर्देशक पदमा कार्यरत थिइन् ।

    अहिले उनी सोही कम्पनीको भगिनी कम्पनीका रुपमा रहेको बेइजि मिन्हाइ बायोटेक कम्पनीको उपमहाप्रबन्धकको रुपमा रहेकी छिन् ।

    डिभोर्सअघि कूल ६ अर्ब ५० करोड डलर सम्पत्ति रहेका डु को सम्पत्ति डिभोर्सपछि ३ अर्ब १० करोडमा झरेको छ । जसमा उनको धरौटीबापतको शेयर समावेश छैन ।

    स्मरण रहोस् डिभोर्सका क्रममा आफ्नो अर्बौँको सम्पती बाँडचुँड गर्न बाध्य चिनियाँ अर्बपति डु मात्र एक्लो छैनन् । यसअघि सन् २०१२ मा चीनकी सबैभन्दा धनी महिला उ याजुनले डिभोर्ससँगै २ अर्ब ३० करोड डलर बराबरको सम्पति आफ्नो भुपु लोग्नेको नाममा दिनुपरेको थियो ।

    त्यस्तै सन् २०१६ मा बेइजि कुन्लुन टेक कम्पनीका मालिक चिनियाँ अर्बपति झोउ याहुइले डिभोर्ससँगै १ अर्ब १० करोड डलर बराबरको कम्पनीको शेयर आफ्नी पूर्वपत्नीका नाममा नामसारी गरिदिएका थिए ।

    चिनियाँ अर्बपति डु ले हालै आफ्नी पत्नीलाई ३ अर्ब डलर बराबरको शेयर दिएर गरेको डिभोर्स एसियाकै सबैभन्दा महँगो डिभोर्स हो । विश्वकै सबैभन्दा महँगो डिभोर्सचाहिँ अमेजन कम्पनीका मालिक जेफ बेजोस र उनकी पूर्वपत्नी म्याकेन्जी बेजोसबीचको डिभोर्स हो ।

    डिभोर्सका क्रममा जेफले म्याकेन्जीलाई अमेजन कम्पनीको ४ प्रतिशत शेयर नामसारी गरिदिएका थिए । म्याकेन्जीको सम्पती अहिले ४८ अर्ब डलर छ । उनी विश्वकै चौथो सर्वाधिक धनी महिला हुन् । ब्लुम्बर्गबाट

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    मानिसमा कसरी विकास भयो हाँस्ने कला ? के अरु जनावर पनि हाँस्दछन् ?
    जब एक पुरुष लण्डनको सडकमा मास्कको अण्डरवेयर मात्र लगाएर निस्किए
    के तपाईलाई थाहा छ ! हाम्रो आत्माको वजन कति हुन्छ ?
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.