• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

  •  मेन समाचार संवाददाता
  • ५ पुष २०७७, आईतवार ०८:३४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ–दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय÷रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले दिदीबहिनी झरना धेरैको रोजाइमा पर्ने गरेको छ ।

    यो झरना जान लामो बाटो हिँड्नु नपर्ने र मोटरबाटै पुगेर फर्किन सकिन्छ । यसैले पनि यो पर्यटकीय जिल्लाभित्रै पर्यटकका लागि भ्रमण क्षेत्र बनेको छ । एकै ठाउँ दुई वटा झरना, उत्रै र उस्तै, अनि सदाबहार झरिरहने । यसैले पनि धेरैको मन चोर्छ । जिल्लाकै अर्को झरना टोड्के झरना सदरमुकामबाट टाढा छ । केही विकट र कच्ची बाटो । त्यही झरना हेर्ने धोको पूरा गर्न पनि कतिपय पर्यटक दिदीबहिनी झरना पुग्छन् । दिदीबहिनी झरना पुग्न सरमुकामबाट करिब २० किमी मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । बाघखोरबाट अढाई किमी कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ ।

    पुग्नलाई उत्ति गाह्रो नभए पनि प्रचारप्रसारको अभावमा यी दुई झरना ओझेलमा परेको थियो । जिल्ला बाहिरकाको त कुरै छोडौँ जिल्ला भित्रका धेरैले पनि भर्खरै मात्र यो झरनाका बारेमा थाहा पाउँदै गएका छन् । अहिले बिदाको दिन झण्डै २०० र अन्य दिनमा २५ जनाको सङ्ख्यामा आन्तरिक पर्यटक झरना अवलोकनमा आउन थालेको दिदीबहिनी झरना संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर राईले बताएका छन् ।

    राईका अनुसार पछिल्लो समय सूर्योदय, देउमाई नगरपालिका, फाकफोकथुम, माङसेबुङ र सन्दकपुर गाउँपालिकाका पर्यटक आउने गरेका छन् । उनले नजिकैको दूरीमा दुई झरना भएकैले दिदीबहिनी झरना नामकरण गरिएको हो । लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृश्यावलोकनले पर्यटकलाई रोमाञ्चित बनाउँछ । यसले पनि पर्यटकलाई आकर्षित गराउनमा सहयोग गरेको बताइएको छ ।

    कुहिरोसँग लुकामारी खेल्ने यी दिदीबहिनी झरनालाई नियाल्न आन्तरिक पर्यटकहरुको आगमनसँगै स्थानीयवासी हर्षित भएको अध्यक्ष राईले जानकारी दिए। झरना नजिकै स्थानीय परिकार खानपिन उपलब्ध गराउने भावी योजनासमेत रहेको उनले जानकारी दिए । यस क्षेत्रमा टिमुर, चिमफिङ्ग, वनसुपारी, चिराइतोलगायत गरी २० प्रकारका जडीबुटी सहजै उपलब्ध हुन सक्छ । गएको दुई आर्थिक वर्षमा साविक मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले २० लाख, प्रदेशको १० लाख आर्थिक सहयोग र स्थानीयको रु छ लाख गरी रु ३६ लाखको लगानीबाट रेलिङसहितको पदमार्ग, हावा घर (बिसाउनी स्थल) लगायतको निर्माणसँगै सौन्दर्य अभिवृद्धि गर्ने काम गरिएको छ ।

    थप स्तरोन्नितका लागि भर्खरै सङ्घीय सरकारले पठाएको टोलीले “महभीरको दिदीबहिनी झरना क्षेत्रको विस्तृत अध्यन प्रतिवेदन” तयार पार्नका लागि आफ्नो कार्य सकाएर फर्किएको अध्यक्ष राईले जानकारी दिए । पछिल्लो समय झरना नजिकै आकर्षक गुफा रहेको स्थानीयवासीले बताउँदै आएका छन् । पहिलेदेखि नै गुफाको बारेमा जानकारी नभए पनि प्रचारप्रसार अभावले चिनाउन नपाएकाले पछिल्लो समय स्थलगत अवलोकनसमेत गरिएको स्थानीय सोम सुनुवार बताउँछन् । एक वृद्धको भनाइलाई आधार बनाउँदै हेर्न जाँदा गुफा फेला परेको सुनुवारको भनाइ छ । “गुफा कति ठूलो छ पत्ता छैन । हामीले नै पहिलोचोटि हेरेका हौँ”, सुनुवारले भने, “नामजाँच गर्नुपर्ने देखिन्छ । अनि प्रचारप्रसारको अभाव छ ।” गुफाको प्रचारप्रसार गर्न सके दिदीबहिनी झरना आउनेको सङ्ख्यामा वृद्धि हुने स्थानीयवासीको अनुमान छ । पछिल्लो समय झरनाको उचाइ पत्ता लागेको समेत स्थानीयले बताए । ठूलो (दिदी) झरनाको उचाइ ६८ फिट र सानो (बहिनी) ५८ फिट रहेको बताइएको छ ।रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नक्कली जन्मदर्ता बनाइदिने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण
    रोकिएन कालीगण्डकी दोहन : संकटमा शालिग्राम
    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित [अपडेट]
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.