• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

दिगो शान्ति, सुशासन र समृद्धितर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि : राष्ट्रपति

  •  मेन समाचार संवाददाता
  • १६ माघ २०७९, सोमबार ०८:०९ प्रकाशित
    Advertisement

    १६ माघ २०७९, सोमबार । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

    उनले सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेकी छन् ।

    नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आइएको छ ।

    राष्ट्रपति भण्डारीले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै आजको दिनले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन् । हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल हो । तसर्थ सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले उल्लेख गरेकी छन् ।

    उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्तरूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा कुन मन्त्रालय कसलाई (सूचीसहित)
    कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?
    ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • २.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ३.
      इलाम कारागारबाट थुनुवा फरार

    • ४.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ५.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ६.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ७.
      माल्टा पठाउने नाममा ठगी

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.