• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल

  •  मेन समाचार संवाददाता
  • १६ माघ २०७९, सोमबार ०९:४७ प्रकाशित
    Advertisement

    १६ माघ २०७९, सोमबार । पोर्चुगलमा पछिल्लो समय ठुलो सङ्ख्यामा नेपालीहरू समस्यामा पर्दै गएको गुनासो बढेको बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ ।

    परराष्ट्र मन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको जानकारी दिइन्।

    गैर आवासीय नेपाली संघको युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरूको पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्र मन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरूमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरूले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने तयारी गरेको बताएकी हुन् । उनले भनिन, `पोर्चुगलको धेरै कुराहरू सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक पाटो पनि जोडिएको छ, अर्कोतर्फ मन्त्रीपरिषदबाट त्यसको निर्णय हुनुपर्छ, त्यसैले तत्काल समस्या समाधानका लागि २५ देखि १ महिना भित्र एउटा सरकारी टोली पोर्चुगलमा राख्ने, र त्यहाँका कागजपत्र विहीन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौँ । आजै मात्रै यसमा निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएका छौँ । स्पेनबाट वा अन्य कहाँबाट टोली खटाउने भन्नेमा हामी छलफलमा छौँ ।`

    उनले अगाडि भनिन्, `दिगो समाधान कन्सुलेट नै राख्ने हो तर आर्थिक पाटो देखि मन्त्रीपरिषदको निर्णय आवश्यक पर्छ त्यसमा लामो समय लाग्छ ।” यसअघि गैर आवासीय नेपाली संघका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलले काठमाडौँ स्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो ।

    युरोपेली मुलुक माल्टामा दूतावास नहुँदा समस्या परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताएका छन् ।

    हाल बेलायतस्थित दूतावासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो बढेकोले छ । साइप्रसमा घरेलु कामदारको रूपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो । यद्यपि त्यस सम्बन्धमा अध्ययन गर्नै बाँकी रहेकोले आफूले आवश्यक अध्ययन गरेर मात्रै काम अघि बढाउने मन्त्रीको भनाई थियो ।

    मन्त्री पौडेलले विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगलाई २४ घण्टा सञ्चालन गर्न सर्कुलर जारी गरेको बताउँदै भनिन,  “नेपाली नागरिकलाई दूतावासमा गुहार्छ भने ऊ सुरक्षित हुनुपर्छ र उसका लागि दूतावासको सर्भिस २४ घण्टे हुनुपर्छ भन्ने हाम्रो ध्येय छ, त्यही अनुसार काम हुन्छ, चाहे त्यो टेलिफोनबाट इमेलबाट नै किन नहोस् ।”

    यस्तै, र्यापिड रेसपोन्डस् टिम बनाउने र त्यसले मासिक रिपोट गर्ने व्यवस्था मिलाउने, जनशक्ति थप्ने र दूतावासमार्फत द्रुत सेवामा हुनुपर्छ भन्नेमा आफ्नो जोड रहेको मन्त्री पौडेलले बताइन् ।

    सपोर्ट नवीकरण गर्दा लामो समय लाग्ने, अर्को देशमा जानुपर्ने बाध्यता रहेको गुनासो आएको भन्दै मन्त्री पौडेलले दूतावासले मोबाइल टिम पठाउने वा के गर्ने भन्ने भन्नेमा सुझाव दिन एनआरएनएलाई आग्रह गरेकी छिन्। त्यसबाहेक विकास साझेदारीमा पनि काम अघि बढाउने तयारी रहेको मन्त्री पौडेलको भनाई थियो ।पोर्चुगलका महासचिव राजकुमार थापाले त्यहाँ नेपालीको अवस्था र समस्याबारे जानकारी गराउँदै सरकारले तत्काल पहल नगरे आत्महत्या जस्तो विकराल समस्या आउन सक्ने तर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

    यस्तै, एनआरएनए साइप्रसकी राधा पोखरेलले साइप्रसमा घरेलु कामदारका रूपमा गैर कानुनी तवरले बसिरहेका नेपालीको सङ्ख्या बढ्दै गएको भन्दै जीटुजी मार्फत कामदार पठाउने व्यवस्था गर्न आग्रह गरेकी छिन् ।  त्यहाँ विद्यार्थीले भोग्नुपरेका समस्याबारे जानकारी गराइन् । एनआरएनए पोल्यान्डका महासचिव पवन खड्काले त्यहाँको नेपालीको अवस्था र विद्यमान समस्याबारे जानकारी गराए।  माल्टाका अध्यक्ष भुवन अर्यालले माल्टामा दूतावास नहुँदा भोग्नुपरेको समस्या, माल्टासँग नेपालले कूटनीतिक सम्बन्ध विस्तारका लागि गर्न सक्ने पहल लगायतका विषयमा जानकारी गराउनुभएको थियो । एनआरएनए पोल्यान्डका महासचिव पवन खड्काले दूतावास नहुँदा नेपालीले भोग्नुपरेको समस्याबारे जानकारी गराउनुभयो। यस्तै, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले विविध कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापन लगायतका समस्याबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो । चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थी त्यहाँस्थित नेपालीलाई व्यवसाय गर्न सरकारी स्तरबाट पहल गरी आवश्यक व्यवस्था मिलाउन र कन्सुलर सेवा उपलब्ध गराउन अनुरोध गर्नुका साथै आगामी १५औ युरोपियन क्षेत्रीय सम्मेलन चेक गणतन्त्रको राजधानी प्रागमा हुन गइरहेकोमा माननीय मन्त्रीज्यू लगायत सबैलाई आमन्त्रण गर्नु भयो । कार्यक्रममा सहभागी बेल्जियमका अध्यक्ष खड्ग बहादुर केसीले बेल्जियममा हालसम्म त्यस्तो कुनै ठुलो समस्या नरहेको र समस्या परिहाले पनि नेपाली समुदाय मिलेर समाधान गर्ने गरेको बताउनुभयो ।यस्तै एनआरएनकी महिला उपाध्यक्ष यास्मिन सैयद बेगमले मध्यपूर्वमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी गराउँदै त्यस्तो विकराल समस्या नभएको जानकारी गराए । यद्यपि शव व्यवस्थापन र स्वदेश फिर्ताका लागि सरकारले सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिए ।

    कार्यक्रममा एनआरएनकी मिडिया समिति सह अध्यक्ष बाबा राजेश्वरीले कार्यक्रमको सारांश प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    किर्गिस्थानमा एनआरएनएको ८६औं शाखा गठन, अध्यक्षमा डा. किशन भण्डारी चयन
    एनआरएनए आईसीसी सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त
    गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव छ : प्रचण्ड
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • २.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ३.
      इलाम कारागारबाट थुनुवा फरार

    • ४.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ५.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ६.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ७.
      माल्टा पठाउने नाममा ठगी

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.