काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको सिफारिसलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिवाद गर्ने भएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले संसद विघटन गर्न सिफारिस गरेको भए प्रतिवाद गरिने बताएका हुन् ।
प्रधानमन्त्रीको निर्णयलाई प्रवक्ता शर्माले अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेका थिए ।