काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस परिवर्तन विरोधी प्रतिगामी कदम भएको सत्तारुढ दल नेकपाका प्रवक्ता नायरायणकाजी श्रेष्ठले बताएका छन् ।
‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिस गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो । यो लागु हुन सक्दैन,’ उनले भनेका छन् ।
ट्विटमार्फत धारणा सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरुलाई एक हुन आग्रह गरेका छन् ।