काठमाडौं । मन्त्रिपरिषदबाट संसद विघटन गर्ने सिफारिसबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ ।
आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवासमा बैठक बोलाइएको हो । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिवाद गर्ने धारणा सार्वजनिक गरिसकेको छ ।
सोही विषयमा छलफल गर्न राप्रपाले समेत आकस्मिक सचिवालय कार्य व्यवस्था समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाएको छ । प्रधानमन्त्रीको कदमलाई लिएर नेकपाकै नेताहरुले विरोध जनाएका छन् ।