काठमाडौं । संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम राईलाई सिफारिस गरेको छ ।
परिषदको मंसिर ३० गते बसेको बैठकले राईलाई अख्तियार प्रमुख आयुक्तमा सिफारिस गरेको खुलेको हो ।
गोप्य राखिएको निर्णय संसद सचिवालयमा आज पुगेपछि सो खुलासा भएको हो । तर पत्र सुनुवाई हुन नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन गरिसकेकी छन् ।
राईको संददीय समितिमा सुनुवाई हुने छैन । ४५ दिनपछि उनले कामकाज सम्हाल्न पाउने छन् ।
अध्यादेश संसोधन भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगको वार्तापछि फिर्ता लिने भनिएपनि प्रधानमन्त्री ओलीले संसोधित अध्यादेशलाई नै टेकेर सो राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेका हुन् ।
परिषदको निर्णय बमोजिम विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस भएका अन्य ४५ जनाको नाम संसद सचिवालयमा पुगेको स्राेतले बतायाे तर उनीहरुको नाम खुलाइएको छैन । कांग्रेस सभापति देउवाले नाम उपलब्ध गराएका पूर्व एआइजी जयबहादुर चन्द पनि अख्तियारमा आयुक्त भएका छन् ।