काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको ठहर गरेका छन् । संसद विघटनको घोषणा भएलगत्तै गौतमले एक विज्ञप्ती जारि गर्दै प्रधानमन्त्रीको कदमको भत्र्सना गरेका हुन् ।
‘गत आम निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस सांसदको कार्यकाल दुई बर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भत्र्सना योग्य छ’, गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पुर्ण मुल्य मान्यतालाई समाप्त पार्नेछ ।’
आइतबार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवि भण्डारीमार्फत संसद विघटन गरेपछि नेकपाभित्र थप विवाद शुरु भएको छ । संसद विघटन भएपछि नेकपाका सांसदहरु छलफलका लागि सिंहदरबार पुगेका थिए । संसद विघटन गर्ने निर्णयसँगै ओलीइतरका मन्त्रीहरुले राजिनामाको तयारी समेत गरिसकेका छन् ।