काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा रहेका ७ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।
सिंहदरबारस्थित विकास समितिको हलमा पत्रकार सम्मेलन गर्दै प्रचण्ड र नेपाल पक्षका सात जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरुमा खानेपानी मन्त्री बिना मगर, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री बर्षमान पुनः अनन्त, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, कृषीमन्त्री घनश्याम भुषाल, वनमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री रामेश्वर राय यादव रहेका छन् ।
सातै जना मन्त्रीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभाको विघटन प्रस्तावमा असहमती रहेको कारण राजीनामा गरेको जानकारी दिएका छन् ।
नोटः हेडलाइन त्रुटी भएकोमा सच्च्याइएको छ ।