• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

संवैधानिक परिषद्ले सुटुक्क सिफारिस गरेको ११ आयोगका ३६ पदाधिकारी कोको हुन् ? (नामसहित)

  •  मेन समाचार संवाददाता
  • ५ पुष २०७७, आईतवार १७:०१ प्रकाशित
    Advertisement

    काठमाडौँ । विवादास्पद संवैधानिक परिषद्को बैठकले ११ आयोगहरुमा ३६ पदाधिकारीको नाम सिफारिस गरेको खुलासा भएको छ । गत मंसिर ३० गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद् ऐन संसोधन अध्यादेशमा टेकेर प्रधानमन्त्रीले विभिन्न आयोगहरुमा नाम सिफारिस गरेका हुन् ।

    राष्ट्रपतिबाट अध्यादेश जारी भएलगत्तै बसेको संवैधानिक परिषद्को बैठकले गरेको निर्णयहरु गोप्य राखेको थियो । प्रधानमन्त्री, प्रधानन्यायधीश र राष्ट्रिय सभाका अध्यक्षको उपस्थितिमा भएको निर्णय गोप्य राख्दै प्रधानमन्त्री ओली नेकपाका अध्यक्ष प्रचण्ड लगायतका असन्तुष्ट पक्षसँग छलफल गर्न लागेका थिए ।

    छलफलबाट केही निष्कर्श ननिस्किएपछि प्रधानमन्त्री ओलीले आज संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष पुर्याएका थिए । संसद विघटन भएपछि मात्र परिषद्ले गरेको सिफारिस संसद सचिवालयमा पुगेको थियो । परिषद्ले गरेका निर्णयहरु अब संसदीय सनुवाइ बेगर नै अगाडि बढ्नेछन्। तर नियुक्तीका लागि ४५ दिनसम्म कुर्नुपर्नेछ।

    परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पुर्व गृहसचिव प्रेमकुमार राईलाई सिफारिस गरेको छ । त्यस्तै आयुक्तहरुमा पुर्व एआइजी जयबहादुर चन्द र किशोर कुमार सिलवाल रहेका छन् । त्यस्तै निर्वाचन आयोगको आयुक्तमा डा.जानकी तुलाधर सिफारिस भएकी छिन् ।

    राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्षका लागि तपबहादुर मगर सिफारिस भएका छन् । उनिसँगै सदस्यहरुमा मनोज दवाडी, डा. सुर्य डंगोल, लिली बस्नेत थापा र मिना ठाकुर रहेका छन् । त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा जुद्ध गुरुङ र अमर राज मिश्रलाई सदस्यमा सिफारिस गरिएको छ ।

    बैठकले महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुलीलाई सिफारिस गरेको छ भने सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सुनारलाई सिफारिस गरेको छ । त्यस्तै दलित आयोगको अध्यक्षमा देवराज बिकलाई सिफारिस गरेको छ भने मिना शोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेने पार्थीलाई सदस्यमा सिफारिस गरेको छ ।

    समावेशी आयोगमा मानप्रसाद खत्रीलाई अध्यक्षमा सिफारिस गरेको छ । सदस्यहरुमा रामकृष्ण तिमल्सिना र हरिदत्त जोशी सिफारिस भएका छन् । त्यस्तै बैठकले आदिवासी जनजाती आयोगको अध्यक्षमा रामबहादुर थापा सिफारिस भएका छन् । मिनश्रीस मगर, मिनचुङ लामा, रिमा राना र शरण राईलाइ सदस्यमा सिफारिस गरेको छ ।

    त्यस्तै मधेशी आयोगमा जीवत्व साह, रेणुदेवी साह, र विजय गुप्तालाई सदस्यमा सिफारिस गरेको छ भने थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोध सिंह र भोलाराम चौधरीलाई सदस्यमा सिफारिस गरेको छ । त्यस्तै मुस्लिम आयोगको सदस्यमा मोहम्मदिन अलि र मिर्जा अरसद बेग सिफारिस भएका छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान
    संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
    एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.