काठमाडौँ । प्रधानमन्त्रीले राष्ट्रपतिमार्फत संसद विघटन गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका सात जना मन्त्रीहरुले राजिनामा गरेका छन् । उनिहरुले आइतबार सिंहदरबारस्थित विकास समितिको हलमा पत्रकार सम्मेलन गरि राजिनामाको घोषणा गरेका थिए ।
पूर्वमाओवादीका दुई नेताहरु रामबहादुर थापा बादल र लेखराज भट्टले भने राजिनामा गरेका छैनन् । पूर्वमाओवादी पक्षबाट बादल गृहमन्त्री छन् भने भट्ट उद्योगमन्त्री छन् ।
राजिनामा नगरेपछि दुई मन्त्री प्रधानमन्त्री ओलीकै पक्षमा देखिएका छन् ।