• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

प्रधानमन्त्रीविरुद्ध आइतबार नै दर्ता भएको थियाे ‘अविश्वासको प्रस्ताव’

"पद गुम्ने डरले संसद विघटन, "
  •  मेन समाचार संवाददाता
  • ५ पुष २०७७, आईतवार १७:४३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आइतबार बिहान नै अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ । आइतबार बिहान ९० जना सांसदहरुले प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गराएको खुलासा भएको हो ।

    संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नै प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रीपरिषदको बैठक बोलाएको पाइएको छ । आफुमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्रीले हतारमा नै राष्ट्रपति बाट संसद विघटन गराएका हुन् ।

    ९० सांसदको हस्ताक्षर सहितको प्रस्तावमा प्रधानमन्त्रीको रुपमा भने पुष्पकमल दाहाललाई अगाडी सारिएको थियो । संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ ।

    प्रस्तावमा प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेको सूचना सञ्चार माध्यमबाट सुन्नमा आएको भन्दै यसले नेपालको संविधानलाई आघात पुर्‍याएको भन्दै ुप्रतिनिधिसभामा बहुमत हुँदाहुँदै जनताका प्रतिनिधिप्रति अविश्वास गरि प्रधानमन्त्री पदबा बसिरहन नसक्ने स्थिति स्वयंले स्वीकार गरेको उल्लेख गरिएको छ ।

    ९० सांसदले हस्ताक्षर गरेको प्रस्तावको पहिलो नम्बरमा नेकपा अध्यक्ष दाहालले हस्ताक्षर गरेका छन् भने उनीपछि वरिष्ठ नेता झलना खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् । मन्त्रीहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, विना मगर, शक्तिबहादुर बस्नेत र रामेश्वर राय यादवले पनि प्रस्तावमा हस्ताक्षर गरेका छन् । यी सबै मन्त्रीले आइतबार नै पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिइसकेका छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नवनियुक्त मन्त्रीहरुद्वारा शपथ
    को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा
    माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.