काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुपक्षीय नेताहरुहरुलाई छलफलका लागि बोलाएका छन् । उनले सोमबार बिहान बालुवाटारमा आफुपक्षीय नेताहरुको भेला बोलाएका हुन् ।
भेलामा प्रचण्ड र माधव नेपाल पक्षधरले गरेको निर्णयको विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । आइतबार प्रचण्ड–माधव पक्षधरको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही प्रकृया अगाडी बढाउने निर्णय गरेको थियो ।
सोही निर्णयको काउन्टर गर्नका लागि कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले आफुपक्षीय नेताहरुलाई बोलाएका हुन् । भेलामा विघटित सांसद र मन्त्रीमण्डलका सदस्यहरु उपस्थित हुनेछन् ।
प्रचण्ड–माधव पक्षले आगामी ७ गते बस्ने केन्द्रिय समिति बैठकमा प्रधानमन्त्रीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव लैजाने छन् ।
प्रधानमन्त्री ओलीले खुकुलो कानुनलाई हातमा लिएर राष्ट्रपतिबाट संसद विघटन गराए पछि नेपाली राजनीतिमा उथलपुथल वातावरणको सिर्जना भएको हो ।