काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई मिलेर चुनाव लड्न आग्रह गरेका छन् । संसद विघटन भएपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका प्रचण्डलाई प्रधानमन्त्रीले जे जे भएपनि आगामी चुनाव मिलेर लड्नका लागि आग्रह गरेको स्रोतले बताएको छ ।
भेटमा प्रचण्डले संसद विघटनको सिफारिस निरंकुश, घातक कदम भएको बताएका थिए । प्रधानमन्त्रीको कदमले संसद मात्र विघटन नभई मुलुकलाई नै प्रतिगमनतर्फ लैजाने भन्दै प्रचण्डले आक्रोश पोखेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले ‘जे भयो भयो, मिलेर चुनावमा जाऔं र जितेर आऔं’ भनेको प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाए । त्यहीबेला राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको सूचना आएपछि प्रचण्ड उठेका थिए । ।