• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

प्रेस चौतारी स्थापना दिवसमा संस्थापक अध्यक्ष एबं पुर्वअध्यक्ष सम्मानित

  •  मेन समाचार संवाददाता
  • २३ माघ २०७९, सोमबार ०९:०९ प्रकाशित
    Advertisement

    २३ माघ २०७९, सोमबार । प्रेस चौतारी नेपाल खोटाङका संस्थापक अध्यक्ष एबं पुर्वअध्यक्षहरु सम्मानित भएका छन् ।

    प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा आइतबार संस्थापक जिल्ला अध्यक्ष रमेशकुमार पौडेल र पुर्वअध्यक्ष हरिबोल आचार्यलाई सम्मान गरिएको हो । जिल्लामा २०५८ सालमा प्रेस चौतारीको शाखा स्थापनामा योगदान पुर्‍याएकामा पौडेल र जिल्लाको पत्रकारिताको विकासमा योगदान पुर्‍याएकामा आचार्यलाई सम्मान गरिएको हो । पौडेललाई एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल र आचार्यलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् ।

    पत्रकारिताबाट राजनीतिमा लागेका पौडेल हाल एमाले केन्द्रीय सदस्य एबं खेलकुद महासंघका केन्द्रीय सदस्य छन् । प्रेस चौतारीका केन्द्रीय सदस्य एबं प्रदेश सह–इन्चार्ज रहेका आचार्यले हलेसी साप्ताहिक र हलेसीखबर डटकम सञ्चालन गरिरहेका छन् । कार्यक्रममा अनुपस्थित अन्य पुर्वअध्यक्षलाई क्रमशः सम्मान गरिने प्रेस चौतारीका जिल्ला अध्यक्ष सिताराम राई (सञ्जिव)ले बताए ।

    प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीलाई फलफुल वितरण गरिएको छ । चौतारीको स्थापना दिवको अवसरमा आइतबार बिहान जिल्ला अस्पतालमा उपचाररत आठ बिरामीलाई फलफुल वितरण गरिएको हो ।

    बिरामीलाई फलफुल वितरण, शुभकामना आदान–प्रदान एबं सम्मान कार्यक्रममा प्रेस चौतारीका संस्थापक जिल्ला अध्यक्ष एबं एमाले केन्द्रीय सदस्य पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेश तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर राई, एमालेका जिल्ला अध्यक्ष दंगाल, एमाले जिल्ला सचिव कुमार आचार्य, कांग्रेसका जिल्ला कोषाध्यक्ष नवराज राई, माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य टंक थापा, सहायक प्रमुख जिल्ला अधकिारी पवित्रप्रकाश शाह लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सरकार र मिटरब्याजीपीडित आज पुन: वार्तामा बस्ने
    एसईई सुरू भएकोको १५ मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा
    एसईई परीक्षा आजबाट, ५ लाख परीक्षार्थी सहभागी
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • २.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ३.
      इलाम कारागारबाट थुनुवा फरार

    • ४.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ५.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ६.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ७.
      माल्टा पठाउने नाममा ठगी

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.