स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला ९३ हजार ८५० मा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने तोलामा ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ । आइतबार सो धातु रु एक हजार २८० मा कारोवार भएको थियो । रासस