काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई निर्वाचनमा केन्द्रित रहन आह्वान गरेका छन् । सोमबार दिउँसो देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आफु वाध्य भएर पुनः जनतासामु आएको बताएका छन् ।
पार्टी एकताको मर्म विपरित आफ्नै पार्टीका अन्य व्यक्तिहरुले संसदलाई अर्थहिन तुल्याएको, जननिर्वाचित सरकारलाई असहयोग र आफुलाई चारैतिरबाट घेराबन्दीमा पुर्याइएपछि आफु सार्वभौम जनताको विचमा जानुको विकल्प नरहेको बताएका छन् ।
सरकारविरुद्ध घेराबन्दी गर्नुपर्ने कारण नहुँदा नुहँदै पनि व्यक्तिगत स्वार्थ, सत्ताप्राप्तीको लोभले गर्दा नै नेकपाको दुई तिहाई सरकारलाई असफल पारिएको प्रधानमन्त्रीले बताएका छन् । सरकारले गरेको विभिन्न राम्रा कामहरुको बारेमा प्रचार गर्न छोडेर कमजोरीहरुलाई बदनियतका साथ प्रचार गर्ने गरेको आरोप पनि लगाएका छन् ।
आफुले नाकाबन्दीको डटेर सामना गर्दा पनि यही शक्तिहरुले विरोध गरको स्मरण गर्दै प्रधानमन्त्री ओलीले समय फरक भएपनि व्यक्ति उही र त्यस्ता व्यक्तिहरुको नियत पनि सँधै नराम्रो हुने गरेको बताएका छन् । संवैधानिक निकाय, पिछडिएका समुदायका आयोगहरुमा नियुक्त गर्न खोज्दा नदिने यी आदी सबै कारणले गर्दा आफुले संसद विघटन गर्नुपरेको उनले बताएका छन् ।
त्यस्तो प्रवृत्तीलाई जनताले नै कारवाही गर्नुपर्ने औँल्याउँदै प्रधानमन्त्री ओलीले निर्वाचनमा केन्द्रित हुनका लागि आह्वान गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरेकाे सम्बोधन (पूर्णपाठ)