काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपतिको कदमबाट निकै मर्माहित भएको बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत पूर्वराष्ट्रपति यादवले आफु कहिल्यैपनि प्रधानमन्त्री र राष्ट्रपतिको विषयमा नबोल्ने भएतापनी वाध्य भएर केही बोलेको बताएका छन् ।
‘राष्ट्रपति संस्थामाथि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। नेपाली जनताले आशिर्वाद दिएर पुर्याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन। आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छु’, उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस् भन्ने विनम्र आग्रह पनि छ।’
राष्ट्रपति संस्थामाथि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। नेपाली जनताले आशिर्वाद दिएर पुर्याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन। आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छु। सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस् भन्ने विनम्र आग्रह पनि छ।
— Dr. Ram Baran Yadav (@PrezDrYadav) December 21, 2020