काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री समेत रहेका नेकपा नेता रामबहादुर थापा बादल आज छुट्टाछुट्टै समूहले बोलाएको केन्द्रीय समितिको बैठकमा सहभागी नहुने बताएका छन् ।
फुटको संघारमा रहेको नेकपामा प्रचण्ड–नेपाल समूह एकतिर छ भने अर्को तर्फ प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको समूह छ ।
यी दुबै समूहले आज केन्द्रीय समितिको बैठक डाकेका छन् । ओली पक्षकाे केहीबेरमा वालुवाटारमा बैठक बस्ने तयारी छ ।
दिउँसो १ बजे प्रचण्ड–नेपाल समूहको बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बोलाइएको छ ।
प्रचण्ड–नेपाल समूहले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाँदै छ । भने माधव कुमार नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी समेत रहेको स्रोतको भनाई छ ।
दुबै पक्षको बैठकमा नगई बादल मन्त्री निवासमा र उपाध्यक्ष गौतम भैसेंपाटीस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुसँग छलफल चलाइरहेका छन् ।