काठमाडौं । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले विकसित राजनीतिक घटनाक्रमलाई लिएर पिलो निचोरेर फाल्दैमा तौन नघट्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रमका प्रेस सल्लाहकार सूर्य थापाले लेखेका छन्, ‘केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन शर्माको गीत गुनगुनाउँदै भन्नुभयो पिलो निचोरेर फाल्दैमा तौल घट्दैन ।’
प्रम ओलीले आफू पार्टी फुटाउन नचाहेकोसमेत बताएका छन् । आगामी महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने उनले बताएका छन् । र प्रचण्ड–नेपाल पक्षलाई कारबाही समेत नगरिने उनले स्पष्ट पारेका छन् ।
ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका छन् । त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन् ।