• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

केन्द्रीय समितिको नयाँ सूची आयोगमा बुझाइने, ओली पक्षीय बैठक वैधानिक भएकाे दाबी

  •  मेन समाचार संवाददाता
  • ७ पुष २०७७, मंगलवार १४:०७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको केन्द्रीय कमिटीको नामावली आजै निर्वाचन आयोगसमक्ष बुझाइने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो बैठकपछि पार्टीका नयाँ प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी प्रथम अध्यक्ष र महासचिवका परामर्शमा बैठक आह्वान भएकाले यो आधिकारिक हुने जिकिर गर्दै विवाद भएमा आयोगले निधो गर्ने प्रतिक्रिया दिए ।

    प्रवक्ता ज्ञवालीले पार्टी अहिलेसम्म विभाजन नभएको र अध्यक्ष ओलीले एकताका लागि गरिएका पहलबारे बैठकलाई जानकारी गराएकाे बताए । बैठकले मौजूदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय आयोजक कमिटी विस्तार गरेको थियो ।

    अध्यक्ष ओलीले मौजूदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन र स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत गरेकाे आजको बैठकले केन्द्रीय कमिटीको अर्काे बैठक यही पुस ९ गते तय गरेको छ भने २०७८ मङ्सिर २ मा पार्टीको महाधिवेशन तोकेको छ ।

    नेता ज्ञवालीले पहिला पनि दुई अध्यक्षले मनोनयन गरेर ४४१ सदस्यीय कमिटी बनाइएको जनाउँदै त्यही मनोनयनका प्रक्रियाबाट केन्द्रीय सदस्य थप भएको बताए ।

    नयाँ प्रवक्ताबारेका प्रश्नमा उनले पार्टी प्रवक्ताको काम पार्टीको आधिकारिक नीति र निर्णय प्रस्तुत गर्ने हुनुपर्ने भएकाले नयाँ जिम्मेवारी दिइएको स्पष्ट गरे ।

    नेकपामा सम्भावित विभाजनमा विदेशीको हात छ कि छैन भन्ने प्रश्नमा नेता ज्ञवालीले प्रतिप्रश्न गर्दै भने, “संसद्बाट ६४ प्रतिशत जनमतप्राप्त प्रधानमन्त्रीविरुद्ध एउटा प्रयोजनका लागि गरिएको हस्ताक्षरलाई रातारात प्रस्तुत गर्नुपर्ने कारण के थियो ? के यसले राष्ट्रियतालाई बलियो बनाएको छ ? बहुमतप्राप्त दलको नेतालाई काम गर्न अप्ठ्यारो भयो, यस्तो स्थितिमा जनताका बीचमा जानु के अपराध हो र ?”

    पार्टी राज्य सञ्चालकको संवाहक भएको भए सरकारले अझै राम्रो काम गर्न सक्ने थियो भन्दै उनले आफूहरुले गरेको कामप्रति गर्व रहेको र त्यसको तथ्यगत सूची लिएर आउने जानकारी दिए ।

    केही दलले प्रतिनिधिसभाको निर्वाचन घोषणाको विरोध गरेका सन्दर्भमा प्रवक्ता ज्ञवालीले लोकतान्त्रिक शक्तिहरु निर्वाचनबाट नभाग्ने भएकाले तिनले निर्वाचनका लागि भित्रभित्र तयारी गरिरहेको र सार्वजनिक खपतका लागि मात्र विरोध गरेको प्रतिक्रिया दिए ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    भोलि नयाँ मन्त्रीहरुको सपथ
    प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री
    नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.