• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

भाईरल भयाे तेस्रोलिङ्गीको एकजोडी गर्भवतीको फोटोसुट

  •  मेन समाचार संवाददाता
  • २९ माघ २०७९, आईतवार १८:११ प्रकाशित
    Advertisement
    Advertisement

    २९ माघ २०७९, आईतबार । भारत केराला राज्यका एक तेस्रो लिङ्गी दम्पतीले खिचेको गर्भावस्थाको फोटोसुट सामाजिक सञ्जालमा भाइरल भएको छ । दम्पतीले गर्भधारण गरेको फोटोसुट गरेर ईन्स्टाग्राममार्फत जब बाहिर ल्याए, जो अहिले संसारभर भाईरल भईरहेको हाे ।

    दक्षिणी राज्य केरलामा बस्ने २१ वर्षीय जिया पावल र उनको २३ वर्षीय साथी जहादको गर्भवती भएको तस्विर अहिले भाईरल भएको हो । भारत जस्तो रुढीवाद समाजमा आफ्नो लिङ्ग परिवर्तन गरी र गर्भवतीसमेत भएको फोटो सार्वजनिक गरे पछि अनेक क्रिया प्रतिक्रिया आईरहेका छन ।

    सामाजिक सञ्जालमा धेरैले लिङ्ग परिवर्तन गरेका यो जोडीलाई बधाई दिईरहेका छन ।

    भारतमा करिब २० लाख तेस्रो लिङ्गी रहेको अनुमान गरिन्छ यद्यपि उनीहरुको दावी अनुसार  यो संख्या अझ बढी छ । भारतीय रुढवादी समाज र संस्कृतिका कारण पनि उनीहरु धेरै खुल्न सकिरहेका छैनन, जो खुलेका छन, त्यहाँको समाजले अझै पनि हेय र हाँस्यको दृष्टीले हेर्दै आएको छ । धेरै जसो उनीहरु नतर्की पेसामा आबद्ध छन, जसले भारतीयहरुलाई सस्तो मनोरञ्जन दिईरहेका छन् ।

    तर, पावल र जाहादको फोटोसुट सार्बजनिक भए पछि भारतीय तेस्रोलिङ्गीहरुलाई उत्साह छाएको छ, उनीहरुमा हौसाला बढीरहेको छ । एक तेस्रो लिङ्गी प्रिंयका दासले भनिन, ‘यसले हामीजस्ता तेस्रो लिङ्गीहरुलाई हौसला प्रदान गरेको छ, मलाई लाग्छ– हाम्रो शारिरिक बनावटमा खिल्ली उडाउनेहरु क्रमश: हामीलाई एकदिन सम्मान दिन थाल्ने छन, जसरी अरु बिकसित देशमा सम्मान पाईरहेका छन ।’

    भारतको सर्वोच्च अदालतले पनि यसअघि नै यो निर्णय गरिसकेको छ कि तेस्रोलिङ्गीहरुलाई भारतका अन्य लिङ्गका मानिसहरू झै समान अधिकार छ। कानुनी रुपमा स्वतन्त्र र अधिकार सम्पन्न भएपनि भारतको सामाजिक र सांस्कृतिक परिवेशका कारण अझै पनि तेस्रो लिङ्गीहरुलाई समाजका अगाडी उभिन त्यति सहज भईरहेको छैन् । उनीहरू अझै पनि शिक्षा र स्वास्थ्य सेवालगायतका क्षेत्रमा समान पहुँच गर्न संघर्ष गरिरहेका छन् ।

    तर, पछिल्लो समयमा धेरै तेस्रो लिङ्गीहरुले औपचारिक कार्यक्रम नै गरेर आफु पनि अरु मानिस जस्तै स्वतन्त्र रुपमा हिडडुल गर्न र कानुनी अधिकारका लागि लडिरहेका भेटिन्छन, जसले उनीहरुलाई समाजका अन्य जस्तै छात्ति फुकाएर हिडन सहज बनाउने कोशिश गरिरहेका छन । सर्वोच्चले दिएको कानुनी अधिकारका कारण पनि भारतीय समाज पनि क्रमशः तेस्रो लिङ्गी प्रति नरम र खुकुलो हुदैँ गएको छ तर त्यति सहज भने भईसकेको छैन ।

    उता, पावल र जहादको फोटोसुटले भारतमा क्रान्ति गरेको टिप्पणी पनि गर्न क्रमश: बढन थालेका छन ।

    जिया पवल र जाहादको तीन वर्ष पहिले भेट भएको थियो  । त्यो बेला उनीहरु दुवै आफ्नो परिवारबाट अलग भईसकेका थिए, उनीहरुलाई परिवारले साथ दिएका थिएनन, बरु उनीहरुका कारण गाउँ, छिमेक र आफान्तका अगाडी सरमको बिषय भनेर लुकाउन हरपल खोजिरहेका हुन्थे ।

    ‘म रूढिवादी मुस्लिम परिवारबाट आएको हुँ,मलाई शास्त्रीय नृत्य सिक्ने मन थियो तर मलाई परिवारले त्याे अनुमति दिएन,’ पावल सम्झिन्छन, ‘मेरा आमाबाबु रूढिवादी छन्, यतिसम्मकी उनीहरूले मेरो कपालसमेत काटिदिए ताकि म नाच्न नसकु ।’

    पावलका अनुसार त्यसपछि एक युवा महोत्सवमा सहभागी हुन गएको जनाउँदै घरवाट निस्केको र त्यसपछि अब घर कहिल्यै घर नफर्कने कुरा परिवारलाई बताईदिइन । र, उनी सिधै  तेस्रोलिङ्गीहरुले सञ्चालन गरेर सामुदायिक केन्द्रमा कसरी नाच्ने ? भनेर सिक्न थालिन अहिले उनी कोझिकोड जिल्लाका बिद्यार्थीहरूलाई नाच्ने तरिका सिकाउँछिन्।

    जाहद भने तिरुवनन्तपुरम सहरको माछा मार्ने समुदायका क्रिश्चियन परिवारबाट आएका हुन्। र हाल उनी नजिकको सुपरमार्केटको लागि काम गर्छन ।

    तर, स्थीति अहिले फेरिएको छ, तेस्रोलिङ्गीको रुपमा बाहिर आएपछि जाहदले  पनि आफ्नो परिवार छाडेका थिए । तर, अहिले उनी गर्भवती भएपछि उनको परिवारले यो जोडीलाई स्वीकार गरेको छ र सहयोग गर्नसमेत थालेको छ ।

    जाहादकी आमाले सुरुमा दम्पतीलाई आफ्नो गर्भावस्थाको तस्विर सार्वजनिक नगर्न भनेकी थिइन तर पछि अनुमति दिए पछि गत हप्ता उनीहरूको इन्स्टाग्राममा तस्विर राखिदिए, जसले अहिले निकै चर्चा परिचर्चा हुन थालेको छ । तर, पावलको परिवारले भने अझै पनि उनीहरूलाई स्वीकार भने गरिसकेको छैन ।

    पावल नृत्य शिक्षिका हुन भने भने जाहाद लेखापालका रुपमा काम गरिहेका छन् ।

    इन्स्टाग्राम गर्भवती भएको तस्विर राखे पछि धेरैले सकारात्मक प्रतिक्रिया दिएको उनीहरुले बताएका छन । उनीहरु आफनो निर्णय प्रति खुसी रहेको पनि जनाईरहेका छन र अरुलाई खुल्नलाई अपिल गरिरहेका छन ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    के तपाईलाई थाहा छ, चौलनी (चामल पानी) ले पनि कपाल राम्रो बनाउँछ भन्ने ? जान्नुहोस्
    जिउँदो बिशालु सर्पलाई मुख भित्र हालेर‘ स्टन्डवाजी’ गर्ने उद्धारकर्मीको मृत्यु
    माछा मार्ने लतका कारण सम्बन्ध बिच्छेद गरिन यी महिलाले
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

    • २.
      नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई

    • ३.
      नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    • ४.
      गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने

    • ५.
      आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

    • ६.
      अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.