काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले निर्वाचन आयोगमा नेकपा पुनर्गठनको पत्र दर्ता गराएको छ । मंगलबार बालुवाटारमा आफुपक्षीय केन्द्रीय सदस्यहरुको भेलापश्चात निर्वाचन आयोगमा नेकपा पुनर्गठनको पत्र गराएका हुन् ।
पार्टी केन्द्रीय समितिले अनुमोदन गरेको पार्टी पुनःगठनको पत्र मध्यान्ह १२ बजे नै आयोग सचिवालयमा पुगेको थियो ।
अध्यक्ष केपी ओलीले केन्द्रीय समितिमा आफू अल्पमतमा परेपछि मौजुदा ४ सय ४७ सदस्यीय केन्द्रीय कमिटीमा सोमबार ५ सय ५६ सदस्य मनोनीत गरेका थिए । मनोनीत सदस्यलाई मंगलबार केन्द्रीय बैठकअघि शपथ खुवाएका थिए । साथै, २ मंसिर २०७८ लाई पार्टी महाधिवेशनको नयाँ मिति तोकिएको छ ।