• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

श्रृङ्गी र कोयाखोलामाथि झोलुङ्गे पुल

  •  मेन समाचार संवाददाता
  • ८ पुष २०७७, बुधबार ११:३० प्रकाशित
    Advertisement

    गोरखा । उत्तरी गोरखाको विकट क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । वडा नं ५ स्थित श्रृङ्गी र कोयाखोलामाथिको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । पुल निर्माण भएसँगै श्रृङ्गी गुम्बा आउजाउका लागि अब स्थानीयवासीले तीन घण्टा बढी लामो बाटो हिँड्नु नपर्ने भएको उनको भनाइ छ ।

    “श्रृङ्गीखोला माथि पुल नबन्दा वर्षौँदेखि यहाँका नागरिक श्रृङ्गी गुम्बा पुग्नका लागि तीन घण्टा घुमेर जानुपर्ने बाध्यता थियो”, अध्यक्ष गुरुङले भने, “अब पुल बन्यो सबैलाई सजिलो भएको छ ।” दुईवटा पुल बनेपछि उत्तरी गोरखामा आउने पर्यटकका लागि यात्रा सहज हुने उहाँको भनाइ छ ।

    नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्विस सरकारको सःशर्त अनुदानमार्फत एक करोड ९८ लाख ५० हजार ४८६ मा पुल निर्माण सम्पन्न गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । “झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकालाई रकम प्राप्त भएको थियो”,उनले भने, “उक्त रकमबाट दुईवटा पुल निर्माण गरिएको हो ।”

    उनका अनुसार श्रृङ्गी खोलामाथिको पुलका लागि रु ९९ लाख ५४ हजार २५३ र कोयाखोलामाथिको पुलका लागि ९८ लाख ९६ हजार २३३ खर्च भएको छ । दुवै पुल उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

    निर्माण सम्पन्न श्रृङ्गी पुलको लम्बाइ ११० मिटर र कोयाखोलामाथि निर्माण गरिएको पुल १२० मिटर लामो छ । दुवै पुलको मङ्गलबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गुरुङ र श्रृङ्गी गुम्बाका प्रमुख टिल्कुकर्म लामाले उद्घाटन गरेका छन् । गुम्बाका प्रमुख लामाले पुल नबन्दासम्म भिरको बाटो भएर तलमाथि गुम्बा आउजाउ गर्नुपर्ने जोखिम भए पनि अब त्यसको अन्त्यमा भएको बताए ।

    कोयाखोलामाथि बनेको पुलले भने साविक प्रोक, ल्हो र सामागाउँ अर्थात् चुमनुब्री गाउँपालिकाको वडा नं ४, २ र १ का स्थानीयवासीलाई ओहोरदोहोर गर्न सजिलो हुने वडा नं ५ का वडाध्यक्ष सोनाम ग्याल्जेन लामाले जानकारी दिए । “यसअघि स्थानीयवासीले ज्यान हत्केलामा राखेर हिँड्नुपथ्र्यो”, उनले भने, “अब नयाँ पुल बनेपछि सबै समस्या समाधान भएको छ ।” दुईवटै झोलुङ्गे पुल निर्माणले अब मनास्लु यात्रामा जाने तथा लार्के पास गर्ने पर्यटकलाई समेत सहज उनको भनाइ छ ।रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    गण्डकी प्रदेश बैठकमा बिनियोजना बिद्येयकमा छलफल हुदैँ
    बिमानस्थलमा उडान नहुँदा होटलमा लाग्यो ताला
    पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Dating Someone Who Doesn’t Have Good Friends: Good Or Bad Idea?

    • २.
      CMT Thrive Summit Dating With A Disability HNF

    • ३.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • ४.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ५.
      5 Ways To Block Adult Sites

    • ६.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ७.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      यात्रु अभावले उडान बन्द

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.