काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध लड्नको लागि किन्तुपरन्तु गर्नु आफैमा आत्मघाती हुने बताएका छन् ।
बुधबार सामाजिक संजालमार्फत यस्तो बताएका हुन् । उनले संकटको बेला अर्जुनदृष्टी÷एकलव्यध्येय र भीष्मप्रतिज्ञा सबैभन्दा आवश्यक गुण रहेको समेत बताएका छन् । उनले संविधानको मूलमर्म र आधारस्तम्भ बचे चुनाव लड्ने, प्रधानमन्त्री बन्ने र सरकारमा जाने अवसर आइरहने बताउँदै डा. भट्टराईले भनेका छन्, ‘नत्र न रहे बाँस न बजे बाँसुरी हुनेछ । सबैलाई चेतना भया !’
संकटको वेला अर्जुनदृष्टि/एकलव्यध्येय/भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो।ओली-भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ।संविधानका मूलमर्म/आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ।नत्र न रहे बाॅस न बजे बाॅसुरी हुनेछ। सबैलाई चेतना भया!
— Baburam Bhattarai (@brb1954) December 23, 2020