काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विहान नभई दिउँसो साढे ३ बजे दर्ता भएको बताएका छन् ।
बुधबार दिउँसो एक विज्ञप्ती जारि गर्दै प्रवक्ता पाण्डेले संघीय संसद सचिवालयमा २०७७ पुस ५ गते दर्ता गरिएको अविश्वास प्रस्तावको दर्ता समयलाई लिएर विभिन्न संचारमा माध्यममा आएका समाचारका सम्वन्धमा सचिवालयको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘अविश्वासको प्रस्ताव प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू समक्ष पेश गरी कार्यव्यस्था शाखा ९प्रतिनिधि सभा०मा दर्ता हुने प्रचलन रहेको र पुस ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी विधिवत रुपमा पेश भइ सभामुखको तोकआदेशपछि सोही दिन अपरान्ह ३ः३० बजे कार्यव्यवस्था शाखामा दर्ता भएको जानकारी गराउछु,’ प्रवक्ता पाण्डेले विज्ञप्तिमा भनेका छन् ।