काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरेको पत्र लिएर प्रचण्ड–नेपाल समुह निर्वाचन आयोग पुगेको छ । बुधबार दिउँसो प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधान लगायतका नेताहरु पत्र बोकेर निर्वाचन आयोग पुगेका हुन् ।
आफुहरुसँग दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य रहेको र बहुमत सदस्यहरुले केपी ओलीलाई कारवाही गरि अध्यक्षबाट निश्कासित गरिएको ब्यहोरासहितको पत्र बोकेर प्रचण्ड–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
पत्रमा बैधानिक पार्टी आफुहरु रहेको र सूर्य चिन्ह पनि आफुहरुले नै पाउनुपर्ने दाबी गरिएको छ ।
‘अहिले कायम रहेको ४ सय ३५ सदस्यीय केन्द्रीय कमिटिमा प्रचण्ड–नेपाल समूहमा ३ सय भन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गरिएको छ । प्रचण्ड–नेपाल समूहले केपी ओलीसँग नयाँ पार्टी खोल्न सक्ने संख्या समेत नरहेको बताउँदै आएका छन् ।