• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुरलाई हराउँदै कास्की च्याम्पियन

  •  मेन समाचार संवाददाता
  • ८ पुष २०७७, बुधबार २१:११ प्रकाशित
    Advertisement
    Advertisement

    कास्की । पोखरामा गत पुस ३ गतेदेखि सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ ।

    गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आजको अन्तिम खेलमा कास्कीले नवलपुरलाई ८६ रनले पराजित गर्न सफल भएसँगै कास्की प्रतियोगिताकोे विजेता बनेको हो ।

    कास्कीले लिगगन्तर्गतका तीनवटै खेलमा जीत निकाल्दै प्रतियोगिताको विजेता बन्न सफल भयो । खेलमा टस जितेको नवलपुरले बलिङ रोजेपछि व्याटिङ शुरु गरेको कास्कीले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २०१ रन बनाएको थियो । कास्कीका अर्जुन कुमालले १२७ बलमा १० चौकासहित ७७ र सुवास भण्डारीले ३४ रन बनाएका थिए ।

    नवलपुरको बलिङमा विशाल पौडेलले दुई तथा विज्ञान गौतम, लक्की सापकोटा र कमल परियारले एक÷एक विकेट लिए । कास्कीमाथि जीतका लागि २०२ रनको लक्ष्य पछ्याएको नवलपुरले ११५ रनमा सम्पूर्ण विकेट गुमायो । नवलपुरका राहुल शर्माले ३२ तथा सन्देश बस्नेतले २९ रन बनाएका थिए । कास्कीको बलिङमा विपिन खत्री र दिपेश खत्रीले तीन÷तीन विकेट लिए भने सुवास भण्डारीले दुई तथा अमृत गुरुङ र देव शाहले एक÷एक विकेट लिन सफल भए ।

    प्रतियोगितामा तीन खेलमा आठ विकेट तथा ५३ रन बनाएका कास्कीका सुवास भण्डारीलले ‘उत्कृष्ट बलर’ साथै ‘म्यान अफ द सिरिज’को उपाधि पाउँदा कास्कीकै अर्जुन कुमाल ‘उत्कृष्ट व्याट्सम्यान’को उपाधि प्राप्त गरे। विजयी खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायतले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगिताका ‘उत्कृष्ट व्याटस्म्यान’ अर्जुन कुमाललाई राखेप सदस्य सदस्य गुरुङले नगद रु १० हजार पुरस्कार प्रदान गरे । उनले खेलाडीले राष्ट्रका लागि धेरै योगदान दिएको उल्लेख गर्दै अब खेलाडीलाई पनि राष्ट्रले सहयोग गर्नुपर्ने बताए । आयोजक गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्सन प्रजुले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर र स्याङ्जाले सहभागिता जनाएका थिए । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    स्पेनिस ला लिगाः मेस्सीको दुई गोलमा बार्सिलोनको सहज जित
    टोटेनह्याम युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश
    शहीद स्मारक ‘बी’ डिभिजन लिगः आरसीटी र नयाँबस्ती भीड्दै
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

    • २.
      ३१ सहसचिवको एकैपटक बढुवा र पदस्थापन, को कहाँ पुगे (सूचीसहित)

    • ३.
      सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुइ अधिकृत घुससहित पक्राउ

    • ४.
      नेपाल आए मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह, विमानस्थलमा भव्य स्वागत

    • ५.
      शेयर बजार ४४.९४ अंकले घट्यो, ६ अर्ब बढीको कारोबार

    • ६.
      इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    • ७.
      इक्वेडरमा जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      अवहेलना मुद्दाः चार पूर्वप्रधानन्यायाधीशलाई वारेस राख्न सर्वोच्चको अनुमति

    • ७.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई केक खुवाए !

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.