एजेन्सी । म्यानचेस्टर युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनल खेलमा एभर्टनलाई २–० गोलले पराजित गर्दै युनाइटेड फाइनलमा पुगेको हो ।
युनाईटेडको जितमा ईडिन्सन काभानी र एन्थोनी मार्टियलले एक एक गोल गरे ।
खेल सकिन दुई मिनेट अघि काभानीले गोल गर्दै युनाईटेडलाई जितको नजिक पुर्याएका थिए । एन्थोनी मार्टियलको पासलाई सदुपयोग गर्दै काभानीले बराबरी उन्मुख खेलमा युनाईटेडका लागि गोल गरेका थिए ।
मार्टियलले ईन्जुरी समयमा गोल गर्दै युनाईटेडको जित सुनिश्चित गरे । मार्कुस रासफोर्डले उपलब्ध गराएको पासमा मार्टियलले गोल गर्दै युनाईटेडको जित सुनिश्चित गरेका थिए ।
दोस्रो हाफमा एभर्टन केही कमजोर देखिएको थियो । चोट बोक्दै मुख्य खेलाडी रिचर्डलिसन मैदान बाहिरिएपछि एभर्टन केही सुस्त देखिएको थियो ।