काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीवार बिहान ९ बजे प्रचण्ड निवास खुमलटार पुगेकी राजदूत यान्छीसँग प्रचण्डले आधाघण्टा छलफल गरेका छन् ।
राजनीतिक रुपमा नेकपा विभाजन भइसकेको अवस्थामा राजदूतत यान्छीले अध्यक्ष दाहाललाई उनकै निवासमा पुगेर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राजदूत यान्छी र प्रचण्डबीच समसामयीक राजनीतिक अवस्थामा बारेमा छलफल भएको छ ।
नेकपा विभाजनको संघारमा पुगेपछि चिनियाँ राजदूत यान्छीको सक्रियता बढेको हो । संसद विघटन भएपछि मंगलबार साँझ नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिईन् ।
यसअघि पनि नेकपा फुटको संघारमा पुग्दै गर्दा चिनियाँ राजदूत यान्छीको सक्रियता बढेको थियो ।