काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्र्रीय सदस्य शेरबहादुर तामाङ पुनः प्रचण्ड–माधव समूहमा फर्किएका छन् । नेकपामा राजनीतिक विभाजन देखिएपछि ओली समूहको बैठकमा जान थालेका तामाङ प्रचण्ड–माधव समूहमा नै फर्किएका हुन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार र मंगलबार बोलाएको सांसदहरुको बैठक र केन्द्रीय सदस्यको बैठकमा सहभागी थिए । तर, आज भने प्रचण्ड–माधव समूहको बैठकमा जान लागेका हुन् ।
उनकी पत्नी उषाकला राईले यसअघि नै ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरिसकेकी छिन् । प्रदेश सभा सदस्य रहेकी उषाकलाले आफु केन्द्रीय सदस्यको जिम्मेवारी पुरा गर्न नसक्ने भन्दै अस्वीकार गरेकी थिइन् ।