• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

नयाँ कोरोनाभाइरसको मारमा बेलायत

  •  मेन समाचार संवाददाता
  • ९ पुष २०७७, बिहीबार १३:२१ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    एजेन्सी  । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ ।

    यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् ।यसअघि पनि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको बताइएको छ ।

    यो दोस्रो लहरका कारण बेलायतमा केही हप्ता यतादेखि कडा खालका प्रतिबन्धहरु लगाएको थियो र यसपछि पछिल्ला केही दिनहरु यतादेखि पनि यहाँ झनै कडा भाइरस आएको भन्दै थप प्रतिबन्धहरु लगाइएको थियो ।

    को ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ ।बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ ।

    बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले यहाँका थप केही स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको घोषणा बुधबार मात्र गर्नुभएको थियो ।जसका कारण यहाँ बसोबास गर्ने कतिपय स्थानका नागरिकहरु त घरबाट निस्किन समेत नपाउने गरी प्रतिबन्धहरु लगाइएको अधिकारीहरुले जानकारी गराएका छन् ।

    यसरी बुधबार नयाँ प्रतिबन्ध लगाइएका स्थानहरुमा पूर्वी बेलायतका विभिन्न सात स्थानहरु रहेका स्वास्थ्यमन्त्री म्याटले जानकारी दिनुभएको हो ।ती स्थानहरुमा पछिल्लो पटक नयाँ खालका कोरोना भाइरसका दुई जना विरामी भेटिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको उहाँले बताउनुभएको थियो ।

    यसैबीच बेलायतमा यो पछिल्लो अवस्थापछि बेलायतबाट आउने तथा बेलायत जाने हवाई उडानहरुमाथि नै प्रतिबन्ध लगाएको बताएका छन् ।बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएका समाचार आएका छन् । गएको आइतबार मात्र पनि डच सरकारले यस्तै खालको प्रतिबन्ध लगाइएको डच सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

    बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाएको बताइएको हो । बेलायतल सरकारले पनि आगामी क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनेको छ ।

    बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई जति सक्दो कम गर्न तथा फैलिन नदिन बेलायत जान र त्यहाँबाट आउने नागरिकलाई रोक्नका लागि यतिखेर विश्वका कैयौँ देशहरुले यात्रामा प्रतिबन्ध लगाएको बताएका छन् ।
    यसरी बेलायत दोस्रो लहरको प्रभावपछि पनि थप समस्यामा परेको पाइएको छ । गत वर्षको डिसेम्बरबाट शुरु भएको पुरानै कोरोना भाइरसबाट पनि शुरुमा प्रभावित भएको बेलायतले यसको नियन्त्रण राम्रोसँग गर्न सफल भएको थियो ।

    तर पनि अघिल्लो महिनादेखि पुनः यसैको दोस्रो लहर आयो र यहाँको जनजीवनलाई थप प्रभावित बनायो । त्यसपछि पनि केही नयाँ प्रतिबन्धहरु बेलायतले घोषणा गरेका थिए ।

    त्यसैमाथि अहिले फेरि झन् कडा खालको र मृत्युको दर पनि बढी भएको यो नयाँ भाइरस देखिएको भन्दै यसले बृटिस सरकार र यहाँका नागरिकलाई थप समस्यामा पारेको छ ।

    यसका कारण फेरि पनि यहाँका कतिपय स्थानका नागरिक घरबाट बाहिर निस्किन नपाउँदा समस्या थपिएको छ । यसमा पनि नयाँ भाइरसको त्रासका कारण विश्वका ४० भन्दा बढी देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएपछि त यहाँको जनजीवन थप प्रभावित भएको बताइएको छ ।

    यसका कारण बेलायतले यो पछिल्लो संस्करणको भाइरसले यहाँको जनजीवनलाई प्रभावित त बनाउँछ नै यसले यहाँ बेरोजगारी समस्या उत्पन्न गर्ने तथा यहाँको अर्थतन्त्रमा पनि नराम्रो प्रभाव पार्ने निश्चित जस्तो देखिएको जानकारहरुको भनाई छ । रासस÷सिन्ह्वा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    कतारका शेखबाट १ मिलियन युरोसहितको सुटकेस स्वीकारेपछि विवादमा चार्ल्स
    भारतले ई–पासपोर्ट जारी गर्ने
    मुम्बइ हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.