काठमाडौँ । जनकपुरको शिवचोक स्थित मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी भएको छ ।
बिहीबार बिहान ११ बजेतिर अचानक आगलागी भएको हो । आगलागी कसरी भएको भन्ने कुरा खुलिसकेको छैन ।
आगलागी नियन्त्रणका लागि ४ वटा वारुणयन्त्र, प्रहरी र स्थानीयहरु लागेका छन् । प्रहरीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षती भने भएको छैन ।