• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

धरहराको २० औं तलाबाट काठमाडौं नियाल्दा (तस्बिरहरु)

  •  मेन समाचार संवाददाता
  • ९ पुष २०७७, बिहीबार १९:५८ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    सुन्धारामा अवस्थित पुनःनिर्माणाधीन धरहराको २०औँ तलाबाट देखिएको काठमाडौँ । तस्बिर: प्रदीपराज वन्त/रासस

    काठमाडौं । ०७२ वैशाख १२ गतेको महाभूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम चलिरहेको छ ।

    २२ तलाको डिजाइनमा काम भइरहेकोमा हाल २० औं तलाको ढलान सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । बाँकी २ तलाको काम कुनै बाधा नआए छिटै सकिने प्राधिकरणको भनाई छ ।

    ढलानसँगै टावरको प्लाष्टर, परिसर घेर्ने पर्खाल र पार्किङ क्षेत्रको काम पनि उस्तै रफ्तारमा भइरहेको प्राधिकरणले जनाएको छ ।

    ०७७ असोज महिनाभित्र पुनर्निर्माण सक्ने गरी काम भएपनि कोरोना महामारीको असरका कारण समयसीमा नसकिने निश्चित बनेको हो ।

    रमन कन्सट्रक्सनले धरहरा पुनर्निर्माणको जिम्मा लिएको छ । २ वर्षमा सम्पन्न गर्ने गरी उक्त कम्पनीले ३ अर्ब ४८ करोड लागतमा ठेक्का लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ मा धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए ।

    पुरानो धरहराभन्दा नयाँ बन्ने धरहराको आयतन ठूलो हुने छ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भर्‍याङ रहनेछ ।

    लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

    बगैंचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसल रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ ।

    उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

    बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा
    १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’
    प्रचण्डले भने- फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा

    • २.
      नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

    • ३.
      आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?

    • ४.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ५.
      प्रचण्डले भने- फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ

    • ६.
      गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम

    • ७.
      नेपालमा काेराेना त्रास बढ्दै, एकैदिन तीन संक्रमितकाे मृत्यु

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ३.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ४.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ५.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ६.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    • ७.
      हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.