काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–माधव निकटका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
नेकपाका ४५ जना सांसदले उनी विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो । प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावपछि उनको पद धरापमा परेको छ ।
त्यस्तै प्रदेश सरकारका तीन मन्त्रीहरुले राजिनामा समेत गरेका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजिनामा दिएका हुन् ।